धितोपत्र ब्रोकर कमिशन घट्यो, अब लगानीकर्तालाई फाइदा

बिजनेसपाटी ६ श्रावण

कारोबार शुल्क घटाउनु पर्नेबारे चर्को रुपमा आवाज उठिरहेको बेला अर्थमन्त्रालयले बुधबार धितोपत्र ब्रोकर (दलाल)को कमिसन ४० प्रतिशतले घटाउने निर्णय गरेको छ । यो निर्णय लागु भए धितोपत्र ब्रोकरले न्युनतम ०.४ प्रतिशतदेखि अधिकतम ०.६ प्रतिशतसम्म शुल्क लिन सक्ने छन्। यस अघि लगानीकर्ताले शेयर कारोबार गरि दिए बापत ब्रोकरलाई न्यूनतम ०.७ प्रतिशतदेखि अधिकतम १ प्रतिशतसम्म शुल्क तिर्नु पर्थ्यो ।

बजारको आकार तथा कारोबार  रकम समेत  बढेकाले कारोबार रिदिएबापत धितोपत्र ब्रोकरले लिने शुल्क घटाइएको अर्थले जनाएको छ।

नया व्यवस्था अनुसार लगानीकर्ताले ५० हजारको कारोबार भन्दा मुनिका लागी ०.६ प्रतिशत , ५० हजार देखि ५ लाख रुपैयाँ सम्म ०.५५ प्रतिशत, २० लाखसम्म ०.५० प्रतिशत, १ करोडसम्मको लागि ०.४५ प्रतिशत र १ करोड माथीको लागि ०.४ प्रतिशत कारोबार शुल्क तिर्नुपर्ने देखिएको छ।

 

 

sebon-release

धितोपत्र बोर्डले केहि अगी कमिसन घटाउन धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरि स्विकृतिका लागि अर्थमन्त्रालयले पेस गरेको थियो संशोधित मस्यौदा पेस भएको धेरै पछिमात्र अर्थमन्त्रालयले यस्तो निर्णय गरेको हो । अर्थको सो निर्णयको पत्र बोर्डले प्राप्त गरेपछि कार्यान्वयनका लागि बोर्डले निर्देशन जारी गर्ने  व्यवस्था छ।

अब देखि लगानीकर्ताले तिर्नु पर्ने शुल्क:

sebon2

यस अघिको शुल्क व्यवस्था:

sebon

फेसबुकबाट तपाईको प्रतिक्रिया