धुर्मुससुन्तली फाउन्डेसनलाई सैनिक श्रीमती संघको १४ लाख सहयोग

बिजनेसपाटी सम्बाददाता, काठमाडौँ २७ जेठ ।

सैनिक श्रीमती संघले धुर्मुससुन्तली फाउनण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई  रु १४ लाख रकम हस्तान्तरण गरेको छ। केहि अघि निकै विवादित बनेको अमरपन्छी नामक कन्सर्टबाट उठेको रकमबाट सो रकम सहयोग गरिएको हो । कन्सर्टबाट उठेको रकममध्ये २५ लाख धरहरा निर्माणका लागि हस्तान्तरण गरिएको हो । त्यो पछि बाँकी रकम फाउन्डेसनलाई दिइएको संघले जनाएको छ। कन्सर्टपछि जारी प्रेस विज्ञप्तीमा भूकम्पपीडितका लागि सहयोग गर्नेबारे कुनै पनि बुँदा उल्लेख नहुँदा संघ आलोचित बनेको थियो। संघबाट प्राप्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै धुर्मुसले खुशी व्यक्त गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया