धुर्मुस-सुन्तली सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर

काठमाडौं ३ असार,

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र  कुञ्जना घिमिरे (सुन्तली) रेमिट्यान्स कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले ब्रान्ड एम्बेसेडर बनाएको छ। एक कार्यक्रमबीच आज सिटी एक्सप्रेस मनी ट्रान्सफर र धुर्मुस-सुन्तली फाउन्डेशनका सदस्यद्वय सिताराम कट्टेल र  कुञ्जना घिमिरेबीच ब्रान्ड एम्बेसेडर हुने आपसी सम्झौता भएको हो। सम्झौता-पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र धुर्मुस-सुन्तली फाउन्डेशनकातर्फबाट सिताराम कट्टेलले हस्ताक्षर गरेका छन  ।

हालै भुकम्पपीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती निर्माणका लागी सिटी एक्सप्रेस मनीले १५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले व्यवसायिक गतिबिधिका साथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाउदै आएको छ। सो अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टण्डनले धुर्मुससुन्तली फाउन्डेसनको पवित्र काममा आफु पनि समावेश हुन पाएकोमा गैरवान्वित महसुस गरेको प्रतिक्रिया दिए। सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको र आगामी दिनमा पनि सबै काममा सहकार्य गर्ने कलाकारद्वय धुर्मुस-सुन्तलीले प्रतिबद्धता जनाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया