धुर्मुस–सुन्तली पुनर्निर्माण प्राधिकरणको सदभावना दूत

बिजनेसपाटी १० फागुन
 सरकारले हास्यकलाकार जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे ‘धुर्मुस–सुन्तली’ लाई पुनर्निर्माण एकिकृत बस्तीको सद्भावना दूत नियुक्त गरेको छ।
प्राधिकरणका सीइओ  गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको कार्यकारी समितिको बैठकले भूकम्पपछिको पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी काममा व्यक्तिगत तवरबाट उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलाकारद्धयलाई सद्भावना दुत बनाउने निर्णय गरेको हो ।
सिन्धुपाल्चोक र काभ्रेमा क्रमशः २० र ६५ वटा घर बनाएर हाल महोत्तरीका मुसहर समुदायका लागि तेस्रो नमुना एकिकृत बस्ती बनाइरहँदासम्म सरकारका तर्फबाट कतिपय भूकम्पपीडितले अझैसम्म दोस्रो किस्तासम्म पाएका छैनन्।
 हाल धुर्मुस–सुन्तलीले बनाइरहेको तेस्रो बस्तीको पचास प्रतिशत काम सकिएको र वैशाख १ गते हस्तान्तरण गर्ने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया