धुलोले आकासमा हवाइजहाजको जाम !

काठमाडौं २१ वैशाख, ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्न हुनु या उडान ढिला हुनु नौलो घटना होइन ।

तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ । सोही कारण काठमाडौंको आकाशमा ट्राफिक जाम हुने, उडान रद्द हुने र यात्रुले सास्ती पाउने घटना बढेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, आकाशमा ट्राफिक जाम बढुनुमा धेरै कारणले भूमिका खेलेको हुन्छ ।

त्यसमध्ये पछिल्लो दिनमा काठमाडौंको सडकमा निस्किएको धुलो एक कारण बनेको  नयाँ पत्रिका दैनिकले लेखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया