‘धोबिनी चरी’—युगकवि सिद्धिचरण श्रेष्ठ
– स्वयम्भू शाक्य
मान्छेहरू भन्ने गरिन्छ, चरीको कहाँ छ र घर, रात काट्यो डालीमा बसेर । के साँच्चै चरीको घर हुँदैन र ? के साँच्चै चरीले घरबार चलाउँदैन र ? बिचरा कतै जीवनदेखि नैराश्य भएर पो हो की ? कतै घर बनाउन सामाथ्र्य नभएर पो हो की ? थाहा छैन, यो दुई दिनको जिन्दगीमा के घर बनाउनु भनेर पातहरू भएको त्यो सानो हाँगोमा रात काट्नको लागि बास बस्ने गरेको पो हो की ? बुझ्नै कठिन छ । यो बुझ्नै नसक्ने भवसागरमा यस्ता थुप्रै कुराहरू अभैm गर्भमा लुकेर बसेका छन् ।
धोबिनी चरीको बोली नै मृदुभाषी छ । शान्त वातावरणमा चिरबिर सुन्दा हाम्रो मन र मस्तिष्कमा आनन्द मात्र होइन स्वास्थ पनि राम्रो बनाउँदो रहेछ । त्यसैले हामी चराहरूसंगै बाँच्न सिक्नु पर्छ । चराहरूलाई संरक्षण गर्ने तर्पm लाग्नुपर्छ । यो कुरो सत्य हो । कीरा–फट्याँग्रा खाने धोबिनी चरीले बालीनालीहरू नाश हुनबाट जोगाउनुका साथै पर्यावरण सफा गर्नका लागि पनि त्यतिकै मद्दत गरिरहेको हुन्छ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले धोबिनी चरीलाई एकबाजी कर्णप्रिय गीत गाउँनका लागि अनुरोध गर्दै यो सुकेको प्राणमा फेरि एकचोटी प्राण भरेर रसाई दिनका लागि आग्रह गर्दैछन् । सुरिलो स्वर मीठो लाग्नु स्वभाविक हो । टुनामुना गरे जस्तै किन हो कुन्नी मन तिम्रै तिर मात्र जान खोज्छ । सुरिलो स्वरले मान्छेका मुटुहरू त्यसै पग्लेर जाँदो रहेछ । यो मन र मस्तिष्कलाई सुरिलो स्वरले बाँडेर लगेपछि यो तन पनि पछि पछि लाग्दो रहेछ । धोबिनी चरीले चिरीबिरी गरी कुराकानी गर्दा, धोबिनी चरीले हृदयको गीत गाउँदा यो प्रकृति पनि त्यसै त्यसै रमाउन खोज्छ । सुख र दुःखका मनका भावहरू पोख्दै आफ्नै तालमा गीत गाउँदा मान्छेहरूले फेरि पनि सुनौं सुनौं लाग्छ । बरु दुःखका गीतहरू नगाई दिए हुन्थ्यो । बरु पीडा र ब्यथा नपोखिदिए हुन्थ्यो । बरु आगोको कुरा नगरिदिए हुन्थ्यो । बरु आँसुका कुरा छोपिदिए हुन्थ्यो । किनकि दुःख र पीडाको त्यो गीतले हामीलाई मात्र होइन यो संसारलाई नै रुवाउने छ । रुनु राम्रो होइन । पीडै पीडाको ब्यथाले मान्छे भष्म भएको मलाई हेर्नु छैन । हामीलाई त अहिले जीउनु छ । जिउँदा एकछिन भए पनि सुखका कुरा गर्ने हो भने हाम्रो जीवनले बाँच्नुको सार पाउने छ ।
तिमीले एकचोटी गीत गाई दिए हुन्थ्यो । यो धरतीलाई वसन्तको बहार ल्याइदिए हुन्थ्यो । हामीलाई त के चाहियो र ? केवल बाँच्नु न होे । दुःख धेरै सुख थोरै भएर के भो ? आखिर बाँच्नु त दुई दिन न हो । त्यसैले धोबिनी चरी तिमीले एकचित्त भएर गीत गाई दिए पुग्छ । तिम्रो स्वर आपैmमा मीठो छ । जसमा संगीतको आवश्यकता पर्दैन । जसमा लय र ताल मिलाउनु पर्दैन । त्यस्तो पो गीत हुन्छ । जुन गीतले मान्छेको प्राणलाई रसाउने मात्र होइन, यो धरतीको माटोलाई पनि मलिलो बनाउने गर्छ ।
एकबाजी फेरि गाऊ
गीत यस्तै धोबिनी ।
यी सुकेका प्राण मेरो
लौ रसाऊ धोबिनी ।
स्वर सुरिलो खुब मीठो
सुन्न देऊ लौन नि
छुन नदेऊ, पीर बल्दो
फेरि गाऊ धोबिनी ।
धरतीले अहिलेसम्म कसैलाई काखापाखा गरेको छैन । चाहे सजिव होस्, चाहे निर्जीव, सबैलाई माया दिएर होला यो धरतीको माया अटुट छ । अविरल छ । अतिनाशी छ । स्वाशत छ । त्यसैले यो अविरल बग्ने नदी जस्तो सधैं पवित्र भएर ताजा रहने छन् । भर्खर पलाएको टुसा जस्तै जीवन नयाँ हुने छन् । दिन र रातहरू जति फेरे पनि यहाँ आउने र जानेहरूका लागि सबै कुराहरू नयाँ छन् । निदाएर ब्यूझिए जस्तै सबै सपनाहरू नयाँ हुने छन् । आँखाले देखेका सबै कुराहरू आजका लागि नौलो हुने छन् । शुभ प्रभात सधैं शुभमंगल भएर शुभ–शुभको शान्तिका धारा बग्ने छन् । भित्री हृदय सुन्दर र शीतल भएपछि हरियाली त त्यसै हुने नै भो । जहाँ मनका कुराहरू सजिलै पाउन सकिन्छ , जहाँ सुख र शान्ति पाउन सकिन्छ त्यहाँ भूइँभरी पूmलहरू फुलेपछि मन शान्त हुनु स्वभाविकै हो ।
परिश्रम, आपैmमा कठिन काम हो । जहाँ थुप्रै रगत र पसिनाहरू बगेको हुन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले जन्मभएको प्रयासबाट यौटा भर्खरै काव्यको सृजना गरि लामो सन्तोषको सास फेर्दैछन् । जसरी यौटी आमाले शिशुको जन्म दिए पश्चातः रोकिएको श्वास फेरे जस्तै यौटा कविले आफ्नो काव्यको सृजना पश्चातः सर्सर श्वासहरू फेरेर आफ्नो अमूल्य जीवनलाई सार्थक बनाउन खोज्दैछन् ।
विश्व ताजा नाच्छ भर्खर
खोलिएकी नेत्रमा
बग्छ शीतल शान्तिधारा
भित्र यो हृत्क्षेत्रमा ।
जन्मभरको यत्नद्वारा
काव्य लेखी भर्खर
श्वास फेरेतुल्य कविले
श्वास मेरो सर्सर ।
म हिजोको मान्छे होइन् । हिजो जे थियो त्यसैलाई नै स्वीकार गरि आज म त्यसैगरि हिँड्न सक्दिन । हिजो मलाई थुप्रै पीडा भए पनि आज म त्यही पीडालाई बोकेर रुन्दै हिँड्ने मान्छे होइन् । किनकि समयले काँचुली फेरिसकेको छ । हिजो बितेर आज भैसकेको छ । रुन्दा रन्दै रुनु नै मेरो जीवन हो भनी बस्ने हो भने अब म भोलिका दिनहरूमा पनि रोएर नै बस्नु पर्नेछ । त्यसैले आज म रुन चाहन्न । दीनहरू क्रमशः दिनहरूसंगै बगेर गएपछि आज म ती दीनहरूलाई सम्झेर रुन चाहन्न ।
आज, हिजोले जन्माएको सन्तान हो । त्यसैले हाम्रो बीचको रगतको नाता छ । सम्बन्ध छ । अंश छ । वंश छ । अनि थुप्रै टुक्राहरूमध्ये म पनि यौटा टुक्रा हो । पीर आपैmमा तीर हो । जब मान्छेलाई पीर पर्छ, जब मान्छेलाई पीडा हुन्छ । जब मान्छेलाई चिन्ता पर्छ । जब मान्छेलाई ताप बढ्छ तब पीरले मान्छेलाई सधैं सताउने गरिन्छ । त्यसैले जीवनमा बाँच्नु छ भने सधैं पीर लिएर मात्र बस्नु हुँदैन । सधैं व्यथा बोकेर मात्र हिड्नु हुँदैन । किनकि जुन कुरोको धेरै माया हुन्छ त्यही कुरोले नै हामीलाई पछि धेरै दुःख दिन सक्छ । त्यसैले यो सुख र दुःखको जीवनमा हामीले घाम र छायाँलाई सम्झिनु पर्छ । उज्यालो र अँध्यारोलाई बुझ्नु पर्छ । यही नै जीवनको मार्ग हो । जुन मार्गमा अधिक चिन्ता लिएर यात्रा गर्ने हो भने यात्रा आपैmमा कष्टकर हुने छ । मलाई त यस्तो लाग्छ भन्न धोबिनी चरी तिमीलाई कस्तो लाग्छ । तिमीले यौटा त्यस्तो गीत गाई देऊ जुन गीत सुनेर मान्छेहरू हिड्न सकूँन् । जुन गीत सुनेर धरतीले धेरै उब्जनी गरुन् । जुन गीत सुनेर प्रकृति सधैं हाँसी रहुँन् । जुन गीत सुनेर मान्छेहरूले मोक्ष प्राप्त गरुन् ।
है, म होइन है हिजोको
दीन रुन्चे मानव
आज जन्मेको हँसीको
एक टुक्रा हुँ म त ।
पीर के हो, तीर के हो
व्यर्थ जानूँ के म यो
एक बाजी फेरि गाऊ
गीत यस्तै धोबिनी ।
धन्य छौं, धोबिनी चरी तिमी पंक्षी भएर पनि यो जगत्को प्यारो छ । युगौ युगदेखि तिम्रो बोली–चाली मीठो छ । तिमी निःस्वार्थ भएर यो जगत्लाई उद्धार गर्न गीत गायौं । तिमीले जानी नजानी अर्काको लागि मन दियौ । यो नै हाम्रोलाई दिप–प्रज्वलन हो । त्यसैले धन्य छौं, धोबिनी चरी मेरो शीर तिम्रो पाऊमा सधैंभरी नतमस्तक भएर रहने छन् ।
भनिन्छ, विश्वको त्यो रङ्गिचङ्गी दागको धब्वा कहिल्यै लाग्दैन । किनकि यो त प्रकृतिको रङ्ग हो । जहाँ कसैले रङ्गाउन सक्दैन । जहाँ कसैले समायोजन गर्न सक्दैन । त्यसैले त्यस्तो रङ्गको दाग कसरी लाग्न सक्छ ? काग चत्तुर पंक्षी हो । यमराजको अत्यन्त प्रिय भक्त मानिने कागको दुईवटा आँखा भए पनि यौटाले मात्र देख्छ । तिहारमा यमपञ्चकका दिन पूजा गर्ने कागलाई मान्छेहरू त्यति मनपराएको देखिँदैन । यो स्वभावको कुरो हो । यमराजको वाहक भएकोले कतै मान्छे डराएको त होइन् ? आखिर जन्म र मृत्यु संग–संगै हिडिरहेको हुन्छ । यमराजलाई मृत्युको सन्देश पु¥याउने कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै दुःखका ती पीर र व्यथाहरू न कागको छातीमा घुस्छ न पीडाहरूले नै छुन्न सक्छ ।
धोबिनी ! जाने बुभैंm लौ
धन्य तिम्रो हृत्तल
विश्वको त्यो रङ्गिचङ्गी
दाग लाग्ने होइन् ।
काग कालो केशद्वारा
मोडिएको छातीमा
घुस्न नै सक्दैन कैले
पीर बाधा वेदना ।
सबै प्राणीहरू गुनिलो हुँदैन । कोही तीतो हुन्छ । कोही अमिलो हुन्छ । कोही पिरो हुन्छ । कोही नुनिलो हुन्छ । त्यसैले गुनिलो हुनका लागि मन शुद्ध भएको हुनुपर्छ । थुप्रै परिश्रम र प्रयासहरूले आपूmलाई बिर्सेर जगत् उद्धारको कार्य गर्न सक्नु पर्दछ । तब मात्र गुनिलो भन्न सकिन्छ । धोबिनी चरी गुनिलो पंक्षी हो । मान्छेसंग उसको लेनदेन नभए तापनि ऊ मान्छेलाई सहयोग गर्न खोज्छ । बोलीचाली नबुझे पनि मीठो गीतले जीवन बुझाउन खोज्छ ।
धोबिनी चरी तिम्रो गीत सुन्नका लागि युगकवि सिद्धिचरण श्रेष्ठ आत्तुर छ । किनकि तिम्रो गीतमा मान्छेको जस्तो स्वार्थको गन्ध छैन । तिम्रो गीत गुनिलो भएकोले मान्छेहरू धेरै आशावादीे छन् । त्यसैले तिमीलाई हेर–विचार गर्नु हाम्रो धर्म हो । पर्यावरण जोगाएर, चोरी शिकारीलाई रोकिएर, बासस्थानलाई टेवा पु¥याएर, परिवेश संग सम्झौता गरेर सुक्दै गएको सिमसार र बढ्दो विषादीयुक्त प्रयोगलाई रोक्ने हो भने हामीले आफ्नो धर्म निभाएको मानिने छ । शिल्पी चराचुरुङ्गीहरूले आ–आफ्नो गुँड बनाउन ज्यावलहरू तिखारी रहेका छन् भनी ठानिने छन् ।
प्रकासित मिति २०८०/५ /४
फेसबुकबाट तपाईको प्रतिक्रिया