धौलागिरी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिबेदन प्रकाशित

काठमाण्डौ १७ माघ २०८१-धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०८१र०८२ को दोस्रो त्रैमासिक अवधिको प्रतिबेदन प्रकाशित गरेको छ ।

लघुवित्तले वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तिय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा गत आ।व।को यसै ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनिय सुधार गरि ६ करोड ४१ लाख ब्याज आम्दानी र २० लाख ८१ हजार खुद नाफा कमाउन सफल भएको छ ।

१३ करोड ३१ लाख चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९ करोड ४३ लाख रहेको छ । त्यस्तै, समिक्षा अवधिमा प्रति शेयर आम्दानी १।५६ रहेको छ भने खराब कर्जा असुलीमा पनि सुधार गर्दै ५।५० प्रतिशतमा ल्याएको छ ।

लघुवित्तको व्यवस्थापनमा निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरुको आत्मवल साथै उत्प्रेरणा बढेकाले संस्थाले उल्लेख्य सुधार ल्याएको हो ।

संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायत सम्पूर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरुको वित्तीय सुरक्षा मनोवल बढाउने तर्फ कार्य गर्दै आएको छ ।

यस अवधिसम्म संस्थाले देश भरका २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत ४० हजार ७३३ विपन्न घरपरिवारमा सेवा पुया्उदै २ अर्व १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया