नआत्तिनुहोस घरमै छ लिभरसिरोसिको उपचार

काठमाडौं ९ कार्तिक ।

लिभर सिरोसि (कलेजो सम्बन्धी रोग) निको नहुने रोग हो । औषधि, खानपान, जीवनशैलीमा परिवर्तन गरेर कलेजो थप खाराब हुनबाट भने जोगाउन सकिन्छ ।
–लिभर सिरोसिस भएका व्यक्तिले रक्सी एक थोपा पनि खानु हुँदैन । मांसपेशी क्षय हुनबाट जोगाउन दिनुहँ व्यायाम गर्नुपर्छ । शरीर धेरै मोटो छ भने यसलाइ घटाएर ठीक तौलमा राख्नुपर्छ । इन्फेक्सन हुने वा गराउने कारणबाट जाेगिनु पर्छ । अन्य ओषधि खाइरहेको भए सिरोसिसको उपचार गरिरहेका डाक्टरलाई यसबारे बताउनुपर्छ ।

कुपोषण सिरोसिस हुने मुख्य कारणमध्ये एक हो । त्यसैले सिरोसिस हुँदा सन्तुलित भोजन आवश्यक हुन्छ । तर भुटेको वा तेलमा तारेका खानेकुरा खानु हुँदैन । नुनिलो कुरा धेरै खानु हुँदैन । नुन एकदमै कम सेवन गर्नुपर्छ । किनकी नुनले कलेजोलाइ खराब गर्छ । उखुको रस, नरिवलको रस, मेवा, काक्रो, मुला, गाँजरजस्ता खानेककुराले कलोजोलाइ अत्यन्त फाइदा हुन्छ । दूध हरियो सागसब्जी आदिले पनि राम्रो गर्छ । पानी प्रशस्त पिउनुपर्छ ।
– सिरोसिका विमारीलाइ कदाचित दिमागको काममा समस्या उत्पन्न भएको महसुस हुन सक्छ । कलेजोले विषक्त तत्वलाइ हटाउन नसक्दा रगतसँग त्यस्ता तत्व दिमागमा पुग्दा यस्तो हुन्छ । यसलाइ इन्सेफालोपेथी भनिन्छ । यस्तो अवस्थामा ल्याक्टुलोज सिरप जस्ता औषधि दिइन्छ । रक्तदान गरिने रगत स्वस्थ हुनुपर्ने अनियवार्यताका कारण रक्तदानको बेला होसियारी गर्नुपर्छ । ता की कलेजोको विमारीबाट रक्तदान नहोस् ।

 

– सिरोसि भएका व्यक्तिे प्रेटिनयुक्त खानेकुरा कम र कार्बोहाइडेट बढी खानुपर्छ । एक किलोग्रम तौल बराबरको एक ग्राम प्रटिनको मात्रा लिने । जस्तो की ६० किलोग्रम तौल भएको मानिसले ६० ग्राम प्रोटिन खाने । भिटामिनहरु विशेषगरी भिटामिन बी कम्प्लेक्स लिने । विहानको नास्तामा एउटा सुन्ताल वा स्याउ, चोक सहितको गहुँको पाउरोटी वा चिया वा कफि लिन सकिन्छ ।

 

दिनेका खानामा कार्बोहाइडेटयुक्त खानेकुरा, हरियाे तरकारी, हरियाे तरकारी सलाद, दूध, ताजा फूल आदि लिन सकिन्छ । अतिरिक्त खाजामा हल्का र चाँडै पाचन हुने खानेकुरा लिनुपर्छ । यसैगरी साँझको खानमा बढी चिल्लो वा मसिला नहालेका हल्का खानका लिनुपर्छ । आजको नयाँ पत्रिका दैनिमा स्वास्थ्यसेवा विभागका पूर्व महानिर्देशक डा. महेन्द्रबहादुर विष्टले जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया