नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ

जनकपुरधाम, फागुन २८ । सर्लाही प्रहरीले सदरमुकाम मलंगवाबाट नक्कली नोट सहित पाँच जना पुरुषलाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीको टोलीले नक्कली नोट सहित संलग्न पाँचै जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय सुल्तान मंसुर, सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, छन् ।

उनीहरु सबैलाई भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेको अवस्थामा १ लाख ७६ हजार नेपाली नक्कली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए ।

सर्लाही प्रहरीको टोलीले बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल सवार रहेका उनीहरुलाई नक्कली नोट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचैजनाले नोट साइजको सेतो बन्डल बनाइ बिचमा सादा सेतो पेपर राखेर त्यसको तल र माथि एक–एक हजारको नेपाली नक्कली नोट राखे राखेर जम्मा ८८ वटा बन्डल बोकेर नेपाल आउँदै थिए । सोही अवस्थामा उनीहरुलाई सर्लाही प्रहरीले पक्राउ गरेको थियो । साथै प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद गरेको छ ।

पक्रउ सबैलाई मुद्रा सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी सर्लाही जिल्ला अदालतबाट अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया