नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक

काठमाडौं ५ बैशाख २०८० ।
नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए ३४ ५जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएकोे छ । नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो ।

सामसङले नबिल बैंकसंगको एक सम्झौतापत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए ५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यी दुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन् ।
नबिलको कार्डका लागि देशका २५३ शाखाहरुमध्ये कुनैपनि शाखाबाट अथवा एन बैंकबाट लिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया