नबिल बैंकको नाफा २ अर्ब ८२ करोड

बिजनेसपाटी २८ श्रावण ।

निजी क्षेत्रका बैंक मध्ये अग्रणी रहेको  नविल बैंकले अघिल्लो आवको तुलनामा ७३ करोड रुपैयाँ बढाएर दुई अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । नबिलले खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा पनि यस वर्ष  राम्रै  सफलता हात परेको छ । यस अवधिमा नबिल बैंकले ४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  ४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन  गरेको छ । यस अवधिमा बैंकले १ खर्ब १० अर्ब २६ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.६८ प्रतिशतले घटेर १.१४ प्रतिशतमा झरेको छ। नबिलले यस अवधिमा बैंक ५ करोड ५६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको हो  । चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ भएको बैंकको जगेडा कोष रकम ७ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ।  बैंकको प्रति शेयर आम्दानी ५९.३८ रुपैयाँ,प्रति शेयर नेटवर्थ २५९ रुपैयाँ, मूल्य आम्दानीेको अनुपात ३९ दशमलव ५१ गुणा रहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया