नबिल बैंकको साधारणसभा असोज १८ मा
बिजनेसपाटी २८ भदौ
यहि असोज १८ गते नबिल बैंक लिमिटेडले ३२औं बार्षिक साधारणसभा गर्ने भएको छ । बैंकलाई सोमबार साँझ राष्ट्र बैंकले साधारण सभा गर्न स्वीकृति दिएको हो । नबिल बैंकको साधारणसभाले ३० प्रतिशत वोनस सेयरको प्रस्तावलाई अनुमोदन गर्नेछ । वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तभित्र बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । बैंकलाई चुक्ता पुँजि ८ अर्ब पुर्याउन अर्को ३० प्रतिशत वोनस सेयर वा हकप्रद सेयर जारी गर्नु पर्नेछ । बैंकले पुँजी बृद्धि योजनामा भने एफपिओ जारी गर्ने उल्लेख छ
फेसबुकबाट तपाईको प्रतिक्रिया