नबिल बैंकद्वारा नबिल क्यास मेसिन जारी, जस मार्फत एटिएमबाटै रकम जम्मा गर्न सकिने


काठमाण्डौ ३ भदौ २०७८ ।

आङ्खना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्पm केन्द्रित हुँदै यस Nabil Cash Machineले ग्राहकहरुलाई ATM मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्नसक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्नेछन् । साथै यस मार्पmत नबिलको कुनैपनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्नेछन् ।

साथै यस् मार्पmत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्नेछन् ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बाट बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया