नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशतको ब्याजदर

काठमाण्डौ ५ चैत्र २०७७ ।
नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ । जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैकले जनाएको छ । यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको हो ।
नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया