नबिल र एनआइसी एसिया बैंकको बोनस शेयर सुरक्षित गर्न आज अन्तिम दिन

काठमाडौँ ४ अशोज

गत आर्थिक वर्षको नाफाबाट नबिल  र एनआईसी एशिया बैंकले लगानीकर्तालाई प्रस्ताव गरेको बोनस तथा नगद लाभांस सुरक्षित गर्नका लागि शेयर किन्ने अन्तिम दिन असोज ४ गते मंगलबार हो ।  १८ गते साधारण सभा आह्वान गरी दुवै बैंकले अशोज ५ गते बुधबारदेखि शेयरधनी पुस्तिका बन्द गर्दैछन् ।

नबिलको साधारणसभा असोज १८ मा 

पूँजी वृद्धि योजनामा उल्लेख भए बमोजिम नबिल बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस तथा १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ भने एनआईसी एशियाले भने २६ प्रतिशत बोनस तथा १ दशमलव ३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

एनआईसी एशियाको असोज १८ गते साधारणसभा 

दुवै बैंकले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले मंगलबार शेयर खरिद गरी निर्धारित समयमा राफसाफ गराएर आफ्नो डिम्याट खातामा शेयर जम्मा  गर्नुपर्ने छ  । नबिलले आफ्नो पूँजी वृद्धि योजनामा अर्को वर्ष पनि ३० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको छ भने एनआईसी एशिया बैंकले बोनस बितरण पश्चात फेरी १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया