नभेटिएकी उही हिरा
कथाकार- सगिता सुवेदी
यात्रा गदै थिएँ कलङकी हुदै भृकुटीमण्डप छिर्ने बाटोसंगैको जापानीज कन्सल्टेन्सीसम्म पुग्नु थियो त्यो दिन पनि । भर्खरै कठमाण्डौ छिरेको म, बिस्तारै बसाइ लम्बिदै थियो । जापानी भाषाको कक्षामा आउनु जानु मेरो दैनिकी थियो । यो बसाइ भन्दा अघि पनि म र मेरो दिदी सरला, वुवासँंग सानै छँदा काठमाण्डौे आएका थियौ । वुवा नेपाल आर्मीको जागिरे भएकाले घुमाउन धेरै दिनको विदा मिलेन त्यसैले दुई चार दिन हामीलाई घुमाएर घर पठाउनु भयो । धेरै खुसी थियांै त्यतिबेला दिदी र म ।
धेरै ठाउ घुमाउनु भयो धरहरा, बिशाल बजार, भृकुटीमण्डप र रानी पोखरीको याद भने रहिरहेको थियो । पछिल्लो काठमाण्डौ बसाइमा संगै भाषा सिक्ने साथी रस्मीसँग कहिलेकाही यसो घुम्न र किनमेल गर्न भृकुटीमण्डप गइसकेकोले अब म एक्लै जान आउन सक्ने भइसकेको थिएँ । त्यतीबेला मेरो बसाइ बसुन्धारा थियो । मेरो स्कुलको एकदमै मिल्ने साथी रुविको कोठा पनि कलङकी आसपासमै थियो । धेरै भैसकेको थियो उसले बोलाएको त्यसैले त्यो दिन बिहानै उसकोमा गएको थिए । खाना खायौ र उ आफ्नो अफिस तिर लागि म भने जापानी भाषा कक्षा जान बस कुरेँ, आधा घण्टा समयको पर्खाइमा केही खुल्ला भएको एउटा बस छेउमै रोकियो र बस चढँे त्यसपछि म पनि उभिए । बस रोकिने र गुड्ने क्रम जारी थियो । कोही बस चड्ने त कोही झर्ने । बिहानको दश तिस बजिसकेको थियो । कलेज छुट्टी हुने समय भएर होला बसमा बियार्थीको चाप । म बिस्तारै बसको बीच भागमा पुगिसकेको थिएँ । एक जना बियाथी भाई ओर्लन लागेको देख्दा म चनाखो भएँ त्यो सिटमा बस्न किनकी पहाडमा जस्तो एउटालाई अर्काले सिट छाड्ने तथा उभिने त्यो वाताबरण थिएन । त्यसैले हतार हतार गरेर बसँे । बसेपछि यसो हेरेको आडमा एक जना केटी थिइन् । कुराकानी पछि थाहा भयो उनि पन्ध्र लाग्दै रहेछिन् । यसो हेर्दा उनको अनुहार न्याउरो देखिन्थ्यो । आँखा रसिलो देखिन्थ्यो ।
पातलो कुर्ता सुरवाल घाँटीमा सल बेरीएको थियो । उसको त्यो नीन्याउरो अनुहारले मलाइ तान्यो । मैले तिम्रो नाम के हो भनि सोधेँ र उसले मधुर स्वरमा जाबाफ दिइ हिरा । मैले भने अहो कति राम्रो नाम । उनी मुस्काएझै गरीन् । मैले सोधँे कतिमा पढ्छयौ । चार कक्षा पढ्दै थिएँ पढ्न छुटाइदिए बाउले ।मलाइ अझै उसको बारेमा थाहा पाउन मन लाग्यो । किन नपढाएको त ? अरु के मात्र भनेको थिए उ एक्कासी आफ्नो बाबुलाई गाली गर्न थाली र भन्दै गई । बाबुले गर्दा त आज म यसरी हिड्नु परेको । म दश बर्ष जतिको हुँदा नै बुवाले अरुको घरमा काम गर्न पठाउनु भयो । उनको कुराले झन् दुखि बनायो । मेलै तिम्रो घर कहाँ हो भनि सोधँे उसले भनि टाडा छ, गाँउमा पर्छ । हामी गरिव थियौं त्यसैले मलाई अरुको घरमा पठाए । मेरो भाइ बहिनी पाँच जना छन् । उ खुल्दै गएकी थिइ । मानौ बर्षौ पछि आफ्नो कुरा सुनाउन पाएकोमा केहि हतास देखिए जस्तो, कता कता आभाष भो मलाइ । अैले कता जान लागेकी त ? मैले सोधेँ । उसले भनि कामको खोजीमा । पहिला काम गरेको ठाउँबाट भागेर हिडेको । किन नी ? उसले अलि अनुहार रातो बनाइ र भन्न थालि खाना समयमै खान नपाइन,े सबैले खाइसकेपछि खानुपर्ने, पैसा पनि नदिने । दशंैमा पनि घर जान नदिने पहिले पहिले त म घर भागेर जान्थे, बुवा आमाले कराउनु हुन्थ्यो किन आएको उहि काम गरेर बस्नुपर्छ र भनेर । त्यसेले अचेल म घर नगएको धेरै भयो । घर जादाँ अलि अलि पैसा लिएर गएको थिएँ । घरै बस्छु भनेको फेरी अर्को ठाँउमा काम गर्न पठाइदिए बुवाआमाले । कति ठाँउमा काम गरिसके जहाँ गएनी त्यस्तै हो ।
आँखाभरि आँसु पारिसकेकी थिइ । किन र ? फेरि मेले सोधँे । उ फेरि भन्न थाली जति काम गरेनी जस दिदैनन् । कहिले जुठो खाना मात्रै खाना लगाँउछन् । घरमा आउँदा पाउनाले दिएको चार पाँच सय लुकाएर राखेको थिएँ, सुरुवालको गोजीमा त्यो पनि खोसिदिन्छन् । केहि लुकाएकी छ की भनेर म बस्ने वरिपरि सबै हेर्छन् । लुगा धुन झन गाह्रो ठुलो ठुलो हुन्छ त उचाल्नै नसकिने झन्… उ यत्तिकैमा रोकिइ, आँसु पुच्दै भनि अझ पहिले काम गरेको ठाउमा एउटा केटा त कति नजाती । जहिले साँझमा सामान लिन जाँदा पसलमा उ पनि पछि लाग्थ्यो । बाह« कक्षा पढ्दै छु भन्थ्यो है नि, तिमीलाइ मन पराउँछु भन्दै हात पो समाउथ्यो त, जहिले भागेर हिड्नु पर्ने । कहिले त अँगालो नै पो मार्न आउथ्यो त । अनि हात पनि कता कता हो लैजाने । घरमा आएका पाहुना कोही ठुलो मान्छे पनि काँखमा बस्न लगाउने । कस्तो नजाती झन् केटा मान्छे त यति भनिसक्दा उ झ्याल तिर मुन्टो फर्काइसकेकी थिइ । पत्रपत्रिकामा बाल हिंसाबारे केहि पढेको थिएँ, केहि याद आयो । बसको खलासी भाडा उठाउदै आइपुग्यो मैले उसको र मेरो भाडा दिएँ । उ केहि खुसि भएजस्तो देखिन्थी । उ हतार–हतार चुपचाप बसबाट झरी र म पनि ओर्लीएँ । मान्छेको भिडमा उ कता हराइ हराइ । मैले मेसो नै पाइन । मेरो मन गह«ौ भयो । कता कता नरमाइलो अनुभुति भो । अनगिन्ती प्रश्न यो मनमा खेलीरहन्छ । हिरा कस्ती भइ होली । कहाँ के गर्दै होली । के उ अझै शोषणमा परिरहेकी छ होली त ? यिनै प्रश्नको साथमा म प्रत्येक यात्राको दौडानमा पुरै सिट हेर्ने गर्छु । कतै हिरा पनि बसमा चडेकी छ कि भनेर । अहँ तर मैले ती हिरालाइ पुन कैल्यै भेट्न सकिन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया