नयाँ जंगबहादुर बन्ने प्रयासमा खड्ग ओली

सुरेन्द्र ढकाल

शाहवंशले टिस्टा काँगडासहितको विशाल नेपालको एकीकरण गरेपछि यसको सार्वभौमसत्ता यही वंशमा थियो। जब यो वंश कमजोर भयो
राणा शक्तिशाली बने। सार्वभौम सत्ता राणामा स¥यो। जंगबहादुरले सुगौली सन्धिमार्फत गुमेको भूमि केही फिर्ता लिए । यिनका उत्तराधिकारीहरूले टिस्टा काँगडाको भूमि फिर्ता लिने उद्देश्यसाथ आफूलाई सामरिक रुपमा बलियो बनाएर बस्नुपथ्र्यो । त्यसो गर्न
नसक्दा भारतको अगुवाइमा २००७ सालमा राणाहरू लखेटिए । त्यसको गुन भारतलाई तिर्न खोज्दा गद्यी छोडेर भागी भारतको शरणमा पुगेका त्रिभुवनले पुनःराजा भएपछि झण्डै नेपाल भारतलाई सुम्पेका थिए । उनका छोरा राजा महेन्द्र राष्ट्रवादी भएर निस्किए ।
भारतीय हस्तक्ष्ोप र प्रभाव नेपाली राजनीति र शासनमा घट्यो। तर दुईतिहाई बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्रीले सुशासन दिन र नेपालको स्वतन्त्र छवी दिगो बनाउन नसक्दा निरंकुश राजतन्त्र दोहोरियो। त्यसलाई ठेगान लगाउन झण्डै ३० वर्ष कुर्नु प¥यो। २०४६ मा बहुदलीय ब्यवस्था दोहरियो। बहुमत प्राप्त कांग्रेसले आफ्नो अप्रजातान्त्रिक छवीलाई धमिलो बनाउँदै देशलाई मध्यावधिमा
धकेल्यो। बहुदलीय ब्यवस्थाले फेरि पनि राजनीतिक स्थायित्व दिन सकेन ।

देश द्वन्दमा एक दशकसम्म फस्यो। द्वन्द्वले निकाश दिन त परै जाओस द्वन्द्वकर्ताहरू आफंै पुनः संसदीय भाषमा आएर जाकिए । राणा र राजाहरू मात्रै होइन प्रजातन्त्रको लागि लडेका र जनयुद्ध गरेका भन्ने नेताहरू समेत भ्रष्ट,असक्षम र दक्षिणकै गुलाम रहेछन भन्ने प्रमाणित हुन पुग्दा यिनीहरू आफै टुक्रा टुक्रामा विभाजित र कमजोर बने। फगत संबैधानिक राजतन्त्रसहितको संसदीय ब्यवस्थाको ठाउँमा संघीय गणतन्त्र आयो, साधनहरू परिवर्तन भए,नेताहरू नयाँ अनुहारका आए साध्य परिवर्तन भएन । देश झनै कमजोर र गरिब नै रह्यो।
राजाको पालामा जस्तै गैरसंवैधानिक कार्यलाई संबैधानिक भएको देखाउने कसरत भइरहेको छ अहिलेको संघीय गणतन्त्रमा पनि । न्यायालय स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने कुरा बुझ्ने पर्खाइमा जनताहरू छन्।

न्यायालय स्वतन्त्र भएन भने के होला ? हिजो गगन सिंहको हत्यारा जवर्जस्त पत्ता लगाउन खोज्दा कोतपर्व भई देशले १०४ वर्षको राणा शासन देख्नु प¥यो। संविधानमा ब्यवस्था भए अनुरुपको न्याय दिन नचाहने अदालतको जग भत्काउन खोज्ने आक्रोसित जनसागरलाई नियन्त्रण गर्न ठूलै शक्तिको जरुरी पर्न सक्छ ।
विना रक्तपात सजिलै गद्यी छोडेर देशलाई गणतन्त्र बन्न मद्दत पु¥याएका पुर्वराजा ज्ञानेन्द्र पनि गणतन्त्र र धर्म
निरेपक्षता विरुद्ध आफ्नै तरिकाबाट लागि परिरहेका छन्। अदालत र सेनालाई आफूले भनेबमोजिम गराइ
नयाँ जंगबहादुर बन्ने प्रयासमा खड्ग ओली छन्। उनी अहिले धर्मनिरपेक्षता र संघीयता नेपाली जनताको चाहना होइन
भन्दैछन । यदि खड्ग आ जंगबहादुरले जस्तै ब्यास क्षेत्रका लिम्पियाधुरा,लिपुलेक र कालापानी भारतसँग फिर्ता लिन सके र उनले ज्ञानेन्द्रलाई तत्कालिन राजा सुरेन्द्रमा रुपान्तरण गर्नसके भने फेरि इतिहास नदोहरिएला भन्न सकिन्न ।

लेखक ढकाल गे्रटर नेपालका अभियान्ता तथा वरिष्ठ समाजसेवी हुनुहुन्छ

प्रकासित मिति २०७७–१०–३०

फेसबुकबाट तपाईको प्रतिक्रिया