‘नयाँ नक्सा’ : साहसिक कदम कि सत्ता लम्ब्याउने हतियार ?

नन्दलाल खरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले कमरेड बामदेव गौतमलाई भावी प्रधानमन्त्रीको लालीपप देखाएर टिकाएको सत्ता अब देशको नक्सा सच्याएर पाँच वर्षे कार्यकालको लागि गतिलो हतियारको रुपमा अर्को तुरुफ फ्याकेका छन् । केहि समय अघिसम्म नक्सा सच्याउनु ठूलो कुरा होइन, त्यो त प्रेसमा लगेर दियो भने तुरुन्त वनी हाल्छ, भूमि फिर्ता लिनु मुख्य कुरा हो भन्ने प्रधानमन्त्रीले एकाएक किन मुलुकको नक्सा सच्याए ? कतै यो पार्टी र सरकारमा आफ्नो पकड नगुमोस र जनताको राष्ट्रभक्ति भावनको संवेदनामा अस्थाई जलपले पनि ठूलै काम गर्छ भन्ने हेतुले त ल्याएका हैनन् ? कि सर्वपक्षीय दवावको कारणले मुलुकको नक्सा सच्याएको हो ? कतै मोदी–ओलीका वीच रहस्यमय आन्तरिक गठवन्धन गरी ‘त रोए जस्तो गर, म कुटे जस्तो गर्छु’ भनी ल्याएको योजना त होइन ? यी प्रश्नहरु माथि गंभीर ढंगले विचार गर्नु पर्ने अपरिहार्यता छ ।
मुकुक यतिखेर लिम्पियाधुरा सहितको नयाँ नक्सा मन्त्रीपरिषदबाट पारित गरि सार्वजनिक गरेपछि मुलुक एकाएक तरंगित भएको छ । नाकावन्दीको समयमा दृढतापूर्वक सामना गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षको ढलपलको अवस्थामा भारतीय कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग फिर्ता लिएरै छाड्ने घोषणा गरेका छन् । अहिले सरकारले गरेको उक्त निर्णणयमा भारतले पनि अधिकारिक धारणा सार्वजनिक गरेको छैन । भारतले धेरै कुराको नापतौल गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने परम्पराले केहि समय लागेको हुनुपर्छ । भारत सरकारबाट जे जस्तो कडा अभिव्यक्ति आएपनि सरकार तथा आम नेपाली जनता त्यसको सामना गर्न तयार हुनु पर्छ । अझ सरकारले प्रधानमन्त्रीलाई मात्रै केन्द्रविन्दुमा राखेर हैन की पार्टी तथा सरकार लगायत वौद्धिक व्यक्तिहरुसँग छलफल गरेर एउटा ठोस नीति बनाई भारतीय पक्षसँग कुटनितिक ढंगले बहस गर्ने वातावरण बनाउन सक्नुपर्छ । अब आफ्नो भूमिलाई प्रयोग गर्न आइपर्ने चुनौतिका बारेमा देश चलाउने शासकहरुले वेलैमा वुद्धि पुर्याउन अपरिहार्य छ ।
अहिले सरकारी माध्यमले प्रधानमन्त्रीलाई राष्ट्रवादी नेताको रुपमा अनेकौ सुगन्धित शब्दहरुले वढाई चढाई गरेको देखिन्छ, मानौ प्रधानमन्त्रीकै कारणले यो नक्सा सच्चिएको हो । तर वास्तविकता त्यस्तो होइन, नेकपा भित्रका महत्वपूर्ण नेताहरु लगायत काम कार्यकर्ताको विरोध थेग्न नसकि र नक्सा नसच्याए फेरि उनले प्राप्त गरेको पार्टी भित्रको कृत्रिम वहुमत गुम्ने डरले मात्रै ओलीले नक्सा सच्याउन आँट गरेका हुन् । तर जनतालाई भने ठूलै भ्रम छरिरहेका छन् । हाम्रा प्रधानमन्त्रीले दृढता पूर्वक खुट्टा टेकुन र गुमेको भूमि चाँडै फिर्ता होस् । प्रधानमन्त्री ओली एक चतुर राजनीतिक खेलाडी हुन् । पार्टी र जनताबाट तिरस्कृत हुने अवस्थामा पुगेको वर्तमान शक्तिशाली कम्युनिष्ट सरकारका प्रमुख ओलीले गुम्दै गएको शाखलाई जोगाउन यो निर्णय सञ्जीवनी वुटीजस्तै भएको छ । अब यो समस्याको कार्यन्वयन कसरी गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।
नयाँ नक्सा सार्वजनिक भएको विषयलाई लिएर भावी प्रधानमन्त्री वामदेव गौतमले यो काम पार्टी निर्णय अनुसार हो भनेका छन् । नयाँ नक्सा बनाउने कामलाई लिएर निश्चित व्यक्तिको देवत्कारण नगर्न समेत उनले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । यो निर्णय सामूहिक निर्णय प्रक्रिया अनुसार भएर नेपाल सरकारबाट पनि त्यहि अनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नु पर्छ । नक्सा पारित भएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली निकटका नेता कार्यकताहरुले प्रधानमन्त्री ओली र भूमि व्यवस्था मन्त्री पद्वमा अर्यालको उच्च प्रशंसा गरेका थिए । उपाध्यक्ष गौतमले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्धारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको वताएका छन् । नेकपा नेता वामदेवले भने जस्तो मात्र होइन आम सञ्चार र सचेत नागरिकको तीब्र आलोचन तथा सडक आन्दोलनको कारण पनि नेकपाले यो निर्णय गर्न वाध्य भएको हुनुपर्छ । यसो भनिरहँदा नेकपा पार्टीको चै भूमिका थिएन भन्ने चै पटक्कै होइन ।

भारतिय कब्जामा रहेको भूमि नेपालको नक्सामा समेटेको भोलीपल्ट संघीय संसदमा उपस्थित भएका प्रधानमन्त्री ओली भारतप्रति आक्रमक रुपमा प्रस्तुत भए । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने , भारतको एउटा प्रतिक चिन्ह छ भारत भनेर चिनिने । अशोकले स्थापना गरेको चारमुखे सिंह, त्यसको मुनी सत्यमेव जयते लेखेको छ । म सोध्नेवाला छु । सत्यमेय जयते कि सिंहमेव जयते ? नेपाल विश्वास गर्छ सत्यमेय जयते । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं ।’ प्रधानमन्त्री ओलीले भारतसँगको विवाद र सीमाका विषयमा वुँदागत तथ्यहरु प्रस्तुत गरे । उनले भने, ‘वर्तमान सरकारको प्रधानमन्त्रीको हैसियतमा म यो गरिमामय सभालाई जानकारी गराउँछु नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय ओझेलमा पर्न वा सेलाउन दिइने छैन । यसको निष्कर्ष निकालिन्छ, हाम्रो भूभाग हामी फिर्ता लिएर छोड्र्छौ । आपूmलाई चुप लागेर वस्न नसक्ने उल्लेख गर्दै यो विषयलाई चानचुने नठान्न आग्रह गरे ।’ प्रधानमन्त्री ओलीको भनाई र गराइमा अत्यन्तै ठूलो भिन्नता देखिएकाले अहिले नै यसै भन्न नसकिने अवस्था छ । यो उनको ‘कथित राष्ट्रवाद’ हो कि साच्चीकै देशभक्ति भावले निकालिएको ‘राष्ट्रवादी’ भाव हो ।
नक्साका सवालमा सञ्चारमाध्यम, सडक र सदनमा समेत आवाज उठ्न थालेपछि सरकार गम्भीर हुन वाध्य भएको हो । अन्यथा, सरकारले यो विषय ‘फलोअप’ समेत गरेको थिएन । सन् २०१४ मै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका दौरान दुई मुलुकवीचको सीमा समस्यालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रले वार्ता गरेर समाधान गर्ने सहमति भए पनि त्यसमा कुनै प्रगति भएको छैन । पछिल्लो पटक दिल्लीले नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात नेपालले दुईपटक सचिवस्तरिय वार्ताको मिति प्रस्ताव गरेपनि उसले प्रत्युत्तर दिएको छैन । आफैले सिर्जेको द्धिदेशीय विवादका विषयमा भारत यसरी वार्ताबाट पन्छिन खोजे, नेपालसामू यो विषयलाई अन्तराष्ट्रिय करण गरेर लैजाने ढोका सदैव खुल्ला छ ।
नेपाल–भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक मात्र होइन तराइका विभिन्न क्षेत्रमा समेत विवाद छ । सूधियारसँग सिमानालाई लिएर विवाद हुनु अस्वाभाविक पनि होइन । तर सबै जसो ठाउँमा भारतले नै नेपाली भूमि मिचेको देखिनु भने भारतका लागि पनि हितकर हुँदैन । नेपाल र भारतीय पुरानो मित्रवत सम्बन्ध हो । त्यसकारण यो विषयमा सरकारले कुटनीतिक तहमा वार्तागरी सुल्झाउनु पर्छ । उसले चीनसँग युद्धका वेला कालापानीमा राखेका सेना फिर्ता लैजानु पर्दछ । यत्रो अवधि त्यो क्षेत्रमा सेना राख्न दिएकामा भारतले नेपाललाई धन्यवाद पनि दिनु पर्छ । त्यत्रो ठूलो मुलुकले अलिकती छिमेकी देशको सीमा मिच्नु लज्जाको विषय हो । यसलाई भारतले चाँडै सोचोस ।
राष्ट्रियताको रक्षक नेपाली सेना हो । सेनाको मुख्य काम देशको सीमा सुरक्षा गर्ने र वाह्यआक्रमणबाट देशलाई जोगाउने हो । तर हाम्रो सरकार सेनालाई व्यापार गर्न लगाई मिलीभगतमा भ्रष्टाचार गर्न उद्धत देखिन्छ । एकपछि अर्को ठेक्का हातपार्दै गएको सेना व्यापारमा नाचिरहेको छ भने भारतीय फौजबाट प्रताडित सीमा क्षेत्रका जनताहरु त्रसित भइरहेका छन् । भारतीय अतिक्रमणले देशको भूमि खुम्चदै गए पनि सिमानामा नेपाली सेनाको पोष्ट छैन । यद्यपी सरकारले ढुकुटीको ठूलो रकम सेनाको लागि खर्च गर्छ । सरकारले आर्थिक वर्ष २०६७÷६८ मा सेनाको बजेट १८ अर्ब १६ करोड ४५ लाख थियो भने ०७६÷७७ मा ५० अर्ब ८ करोड ४७ लाख पुगेको छ । तैपनि हामी किन सीमा सुरक्षा गर्न सक्दैनौ प्रश्न चिन्ह् खडा गरेको छ ? कालापानी क्षेत्र अतिक्रमण गरेर सडक रोक्ने भनेर नेपालभर भारतको अर्को आलोचना भइरहेको वेला शक्तिशाली कम्युनिष्ट सरकारले दार्चुलाको व्यास नगरपालिका स्थित छारुङमा सिमा पोष्ट स्थापना गरेको छ । छारुङ कालापानीको अतिक्रमित भूमिबाट १२ किलोमिटर तल पर्छ । त्यो भन्दा माथि नेपाली भूमि कालापानी,लावी र नावी गठमा भारतीय फौज आठ क्याम्प छन् ।
सरकारले नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थामन्त्री पद्वमा आर्यालले हालै आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा उक्त नक्सा सार्वजनिक गरिएको हो । यो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ । नयाँ नक्सामा अन्तराष्ट्रिय सिमामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने सो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । नेपालको नयाँ राजनीतिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल १ लाख ४६ हजार १ सय ८१ वर्ग किलोमिटरबाट नयाँ नक्सामा ३ सय ३५ वर्ग किलो मिटर वढेर १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने भएको छ ।
अन्त्यमा केपी शर्मा ओलीको दुई तिहाई नजिक कम्युनिष्ट व्राण्डमा रहेको शक्तिशाली सरकारले जे उद्देश्यले नयाँ नक्सा जारीगरे पनि पार्टी तथा सरकारमाथि हुने आन्तरिक आक्रमणमा अस्थायी रुपमै भएपनि ‘ब्रेक’ लागेको छ । आफ्नै पार्टीभित्र र देशभित्रका दलहरुले उनको चर्को विरोध गर्ने आँट गर्न छाडेका छन् । भारतले मिचेको जमिनलाई आफ्नो भनेर नक्सा नै पारित गराउने ओलीलाई आलोचना गर्दा राष्ट्रघाती आरोप लाग्ने भएपछि आन्तरिक आक्रमण तत्कालका लागि वन्द हुने संकेत देखिएको छ । यद्यपी संचारमाध्यम, पत्रकार, वौद्धिकवर्ग तथा लेखकहरुले भने ओलीको यो नियत माथि प्रशस्त शंका गरेका छन् । उनको यो नयाँ नक्सा बनाउने योजना सत्ता लम्ब्याउने हतियार त होइन ? भनि प्रश्न चिन्ह् खडा गरेका छन् । यो प्रश्न चिन्ह्मा सत्यता नहोला भन्न सकिन्न ।ं

अन्त्यमा केपी शर्मा ओलीको दुई तिहाई नजिक कम्युनिष्ट व्राण्डमा रहेको शक्तिशाली सरकारले जे उद्देश्यले नयाँ नक्सा जारीगरे पनि पार्टी तथा सरकारमाथि हुने आन्तरिक आक्रमणमा अस्थायी रुपमै भएपनि ‘ब्रेक’ लागेको छ । आफ्नै पार्टीभित्र र देशभित्रका दलहरुले उनको चर्को विरोध गर्ने आँट गर्न छाडेका छन् । भारतले मिचेको जमिनलाई आफ्नो भनेर नक्सा नै पारित गराउने ओलीलाई आलोचना गर्दा राष्ट्रघाती आरोप लाग्ने भएपछि आन्तरिक आक्रमण तत्कालका लागि वन्द हुने संकेत देखिएको छ । यद्यपी संचारमाध्यम, पत्रकार, वौद्धिकवर्ग तथा लेखकहरुले भने ओलीको यो नियत माथि प्रशस्त शंका गरेका छन् । उनको यो नयाँ नक्सा बनाउने योजना सत्ता लम्ब्याउने हतियार त होइन ? भनि प्रश्न चिन्ह् खडा गरेका छन् । यो प्रश्न चिन्ह्मा सत्यता नहोला भन्न सकिन्न ।

प्रकासित मिति २०७७–२–७

kharelnand@gmail.com

फेसबुकबाट तपाईको प्रतिक्रिया