नयाँ राजनीतिक तरंगले पुँजी बजार ओरालोतर्फ

बिजनेसपाटी सम्बाददाता
काठमाडौं २८ असार।
 नयाँ राजनीतिक तरंगले आज पुँजी बजार ओरालोतर्फ अगी बढेको छ।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाचार बाहिर आएपछि आज सेयर बजार एकाएक ४८ अंकले घेटको हो  । आज सेयर बजार खुल्ला हुनासाथ नेप्से परिसूचक ७ अंकले बढेको थियो । सोहि बेला माओवादीले सरकार छाड्ने निर्णय गरेको समाचार आउँदा एकाएक बजार ४८ अंकसम्मले घट्यो ।
बजार तल झेरेपछि नेपाल टेलिकमको सेयर मूल्य बढाएर केही समय सूचक थेग्ने प्रयास गरिएको थियो । सबै कम्पनी घटेको समयमा टेलिकमको सेयर मूल्य ३  प्रतिसतले बढाइएको थियो । त्यस्तै मंगलबारबाट कारोबार सुरु भएको जलविद्यूत तथा विकास कम्पनी लिमिटेडले पनि बजार थेग्न मद्दत गर्यो । आज मंगलबार सगरमाथा इन्स्योेरेन्स, माछापुच्छ्रे, सिद्धार्थ र जनता बैंकको सेयर मूल्य करिब १० प्रतिसतले बढेको कारण बजारमा ठूलै पहिरो जानबाट रोकियो ।
आजको कारोबारको मध्यतिर इन्स्योरेन्स कम्पनीका लगानीकर्ता निकै आत्तिय ।

।  यस समूहको सूचक ३७८ अंक सम्मले ओर्लिएको थियो । आज अधिकांस कम्पनीको सेयर मूल्य घट्दा यो समूहका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका थिए । बजार नौं अंकमा मात्रै घटेर रोकिँदा पनि सबैभन्दा धेरै बीमा समूहका लगानीकर्ताले नै गुमाए । यो समूहको सूचक ९७.२१ अंकले घटेको छ । बैंक, फाइनान्स, विकास बैंक, होटल र जलविद्यूत लगाएतको सूचक पनि ओर्लिएको छ । आज मंगलबार दिनभरमा एक अर्ब १३ करोड रुपैयाँ कारोबार भएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया