नयाँ वर्ष
-आन्ना ढुंंगेल (नीता)
जति वर्ष विते पनि बितुन् गनी गनी
उस्तै छन् पीडाका आँसु कयौं वर्ष बिते पनि ।
भोको पेट खाली आङ छानो छैन
घरको पनि
हुती छैन छानो छाउने जति वर्ष
बिते पनि ।।
घुमीघुमी वर्षका फेरा जति नै
लाए पनि
भूकम्पले ढालेको घर सकेन उठ्न
अझै पनि ।
अझै पनि त्यतिकै छन् छाप्राका
चुहिने पाल
आँसु तप्प खसालेर मनाइने भो नयाँ साल ।।
प्रसव पीडा बोकी बोकी चेली मर्छन्
गाउँघर
बलात्कारका घटनाले किशोरी मर्छन्
अलि पर ।
नयाँ वर्षको स्वागतमा हर्ष छैन
कहीँ कतै
पीडा, रोदन अनि भय देखिएको छ
जताततै ।।
नयाँ वर्ष साँच्चै तिमी खुशी छर्छौ
भने यहाँ
पीडाले पिल्सिएका मानिस
बस्दछन् जाहाँ ।
उजाडिएका बस्तीहरुमा हरियाली
छ¥यौं भने
चुहिने ती पाल झिकी घरको छानो
लायौ भने ।।
अनि मात्र नयाँ वर्षमा हामी खुशी
मनाउँछौं
गाउँ शहर जताततै तिम्रै गीत
गुन्गुनाउँछौं ।
न्यानो माया सबै पोखी संघारमा
हामी आउँछौं
अनि पो अँगालो मारी नयाँ वर्ष
मनाउँछौ ।।
प्रकाशित मिति : २०७४-१-२
फेसबुकबाट तपाईको प्रतिक्रिया