नयाँ शक्तिमा करिश्माका ९ महिने यस्तो अनुभव !

काठमाडौं २३ पौष
चर्चित अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।
झन्डै ९ महिनाअघि डा. बाबुराम भट्टराइको नयाँ शक्ति नेपालमा आवद्ध भएकी उनी अचेल कलाकारिता कम, राजनीति कार्यक्रममा ज्यादा देखिने गरेकी छिन् ।
नयाँ शक्तिमा आवद्ध भएपछि उनको विविध अनुभव र अनुभूतिबारेको खबर आजको नयाँ पत्रिकामा छ ।

डा. भट्टराईसँग पहिलो भेट
उहाँ प्रधानमनत्री नबन्दासम्म हाम्रो देखादेख मात्र भयो । उहाँ प्रधानमन्त्री भएपछि म बधाई दिन पुगेँ र सहजै भेट्न पाएँ ।

स्वविवेकले लागेँ राजनीतिमा
चुनावको समयमा विभिन्न राजनीतिक पार्टीले कलाकारलाई प्रयोग गर्ने प्रचलन छ, मलाइ पनि विभिन्न पार्टीका नेताहरुले आउनुहुन्छ की भनेर सोधिरहनुहुन्थ्यो । मलाई अघिल्ला चुनावमा राजनीतिमै आउने चाहना भएन । तर जब डा.साबले पार्टी परित्याग गर्नुभयो मैले पनि यसबारे सोच्न थालेँ । म आफै पार्टीमा लागेकी हुँ ।

श्रीमान्लाई समेत सोधिन
म मेरो श्रीमान् विनोदलाई नसोधि कुनै काम गर्दिन थिएँ । तर राजनीतिमा आउने निर्णय गर्दा मैले विनोदलाई सोधिनँ ।

थाहा मेरो आलोचना हुन्छ
नयाँ शक्तिमा जोडिएपछि मेरो आलोचना पनि हुने गरेको छ । म आफ्नो विचारमा प्रस्ट छु । त्यसैले आलोचनाकै कारण उत्तेजित हुने वा हीनताबोधले ग्रस्त हुने मेरो बानी छैन ।

यसकारण नयाँ शक्ति रोजेँ
नेपालमा १ सय ८१ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता रहेछन् । मलाई १ सय ८० वटा राजनीतिक दलमा जानु नै थिएन । मेरो विचार केवल नयाँ शक्तिसँग मिल्न गयो । त्यसैले मैले यसलाई रोजेँ ।

राजनीतिक जिवनको ९ महिना
म नयाँ शक्तिमा आवद्ध भएको करिब ९ महिना भयो । कलाकारका रुपमा नभई नेतृको रुपमा राजनीतिक कार्यक्रममा भाग लिन विभिन्न ठाउँमा पुगेको छु ।

‘नेता टाइप’को भाषण आउँदैन
मलाई महसुस छ की नेताले बोलने भाषणशैली र कलाकारले बोल्ने भाषाशैलीमा धेरै भिन्नता रहेछ । मलाई अझैपनि ‘नेता टाइप’को भाषण गर्न आउँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया