नयाँ शक्ति निकट नेपाल समाजवादी होटल मजदुर संघ विजयी

अरुण कार्की   

काठमाडौँ १२ जेष्ठ

“नयाँ शक्ति निकट नेपाल समाजवादी होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले आफु सहभागी पहिलो निर्वाचनमै विजय हासिल गरेको छ । होटेल सांग्रिलामा शनिबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अन्य संगठनहरुलाई पराजित गर्दै नयाँ शक्ति निकट नेपाल समाजवादी होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले विजय हासिल गरेको हो । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी माओवादी लगायतका पार्टी निकट मजदुर संगठनहरुसँगको प्रतिस्पर्धामा नयाँ शक्ति निकट मजदुर संघको प्यानलले विजय हासिल गरेको छ । निर्वाचनबाट अध्यक्षमा गोकर्ण प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्षमा प्रकाश लम्साल, उपाध्यक्षमा गोपालप्रसाद बराल निर्वाचित हुनुभएको छ । विजयी अधिकारीले निकटम प्रतिद्वन्दी एमाओवादी निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा  मजदुर संघका उम्मेदवारलाई  १९ मत बढीले पछि पार्दै विजयी बन्नु भएको छ । अधिकारीले ६४ मत पाएर विजयी हुनुभएको हो ।

यसैगरी सचिवमा फुर्वा तामाङ, सहसचिवमा दुर्गा तिमल्सिना, कोषाध्यक्षमा गम्भीरजंग राई र सहकोषाध्यक्षमा न्हुच्छे भक्त तुइ तुइ निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा रामकुमार कार्की, नारायण गिरी, विष्णु राई र रमेश खड्का निर्वाचित हुनु भएको छ ।

यो विजयसँगै नयाँ शक्ति नेपाल पार्टी गठन अगाडि नै निर्वाचनमा आफ्नो बर्चस्व देखाउन नया शक्ति निकट मजदुर सघ सफल भएको छ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया