नयाँ सत्तासँगै दुई ओटा परिवर्तन
काठमाडौं १९ श्रावण
नयाँ सरकार गठनसँगै मुलुकमा तत्काल दुई वटा परिवर्तन देखिदैँछन् । पहिलो– दुई विपरित सिद्वान्तका दल कांग्रेस र माओवादी सहकार्य र दोस्रो– संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको संसदमा सहभागिता ।
कांग्रेस–माओवादी गठबन्धन सरकारले जनतालाई राहत पुग्ने गरी गर्ने कामको नतिजा देख्न केही महिना लाग्न सक्ने भए पनि दुई परिवर्तन भने बुधबारदेखि नै देखिनेछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरेक दिन संसद बहिष्कार गर्दै आएका मधेसवादी दलले प्रचण्ड नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउने निर्णय गरेपछि नेपाली राजनीति थप रोमान्चित बनेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया