नयाँ सरकारपछिको पहिलो संसद् बैठक सुरु
काठमाडौँ २४ श्रावण
नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्।
मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया