‘नर्भिकले पैसालाई भन्दा जनताको स्वास्थ्य सेवालाई मुलमन्त्र ठानेको छ’–अध्यक्ष चौधरी

अनिल कुमार घिमिरे
बिजनेसपाटी १ बैशाख ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नीजि क्षेत्रको अग्रणी स्वास्थ्य संस्था नर्भिक इन्र्टरनेशनल हस्पिटलले नेपालमा अन्र्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवाको उपलब्ध गराइरहेको हूँदा आफु हर्षित भएको बताएका छन् । नर्भिक इन्र्टरनेशनल हस्पिटल २५ औ बर्षमा प्रवेश गरेको अवसरमा काठमाण्डौको थापाथलीमा आज आयोजित एक समाहरोमा पूर्व उपप्रधानमन्त्री समेत रहेका समारोहका प्रमुख अतिथि सिंहले सो बताएका हुन् ।
प्रजातन्त्रको पुुर्नरस्थापना अघि कुनैपनि क्षेत्रले विकास गर्न नसकिरहेको अवस्थामा प्रजातन्त्रको पुर्नरस्थापना पश्चात बनेको नेपाली काँग्रेसको सरकारले अबलम्बन गरेको उदार आर्थिक नीतिका कारण स्वास्थ्य, शिक्षा लगायतका हरेक क्षेत्रले विकासको मामलामा फड्को मारेको दावी गरे । उनले भने ‘विगतका बर्षहरुमा विकासको अवस्था सन्तोषजनक नभएपनि विकास र सम्बृद्धिको मार्गचित्र नेपाली काँग्रेसले नै कोरेको हो’ ।
बिकास निर्माण र सम्बृद्धिका लागि राजनीतिक स्थायित्व त आवश्यक छ । तर यसका लागि विगतमा भएका प्रयासहरुलाई पनि विर्सन नहुने जिकिर सिंहको थियो ।
२५ बर्षमा नर्भिक इन्र्टरनेशनल हस्पिटलले आर्थिक रुपम कमजोर रहेको नेपाल जस्तो मुलुकका नागरिकहरुलाई अन्र्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको प्रशंसा गर्दै प्रमुख अथिति सिंहले आगामी दिनहरुमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने जनउत्तरदायि कार्य नर्भिक गर्ने विश्वास ब्यक्त गरेका थिए ।

समारोहमा सम्बोधन गर्दै कार्यक्रम तथा नर्भिक इन्र्टरनेशनल हस्पिटलको अध्यक्ष बसन्त चौधरीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने मामलामा यो २५ बर्षमा नर्भिकले इतिहास रचेको बताए । नर्भिकले पैसालाई भन्दा पनि जनता प्रतिको स्वास्थ्य सेवालाई मुलमन्त्र ठानेकै कारण तिनै जनताको माया, स्नेह र हौसल्लाले गर्दा हामी आजको अवस्थामा आइपुगेका छौ भन्दै अध्यक्ष चौधरीले स्वास्थ्य संस्था र यस्ता संस्था स्थापना गर्नेहरु राम्रा पनि हुन्छन् नराम्रा पनि हुन्छन् तर कुनै स्वास्थ्य संस्थाले नराम्रो काम ग¥यो भन्दैमा सबै स्वास्थ्य संस्था नै नराम्रा हुन्छन् भन्ने सोच नराख्न सम्बद्ध सबैलाई आग्रह गरेका थिए ।
‘राज्यका नीति निर्माणमा बस्नु हुने र राज्य संचालकहरुलाई म के आग्रह गर्न चाहन्छु भने हामीले संचालन गर्ने संस्था धन आर्जन गर्नका लागि मात्रै होइन, आम जनताको सेवाको लागि पनि छन्, त्यसैले खराब र राम्रा संस्थाहरुलाइ एउटै चस्माले नहेरीदिन म आग्रह गर्दछु’–अध्यक्ष चौधरीको जिकिर थियो ।
मदनकृष्ण र हरिबशं आचार्य (मह जोडी ) त्यही संस्थाको मात्र ब्राण्ड एम्बेस्डर बन्दछन् जुन संस्था दाग र विवाद रहीत हुन्छन् । चौधरीले भने ‘मह जोडी नर्भिकको ब्राण्ड एम्बडर बन्नु नै दाग र विवाव रहीत स्वास्थ्य संस्था रहेको छ भन्ने बलियो प्रमाण हो’ ।
त्यसैले केही स्वास्थ्य संस्था पैसामुखी र खराब होलान् । यो सही कुरा पनि हो । तर सबै संस्था ठिक छैनन् । खराब र पैसामुखी नै छन् भन्ने मानसिकता र सोच गलत हो । यसलाई त्याग्न समेत चौधरीले आग्रह गरे ।

समारोहमा नर्भिकका ब्राण्ड एबेस्डर मध्येका एक हरिवंश आचार्यले स्वास्थ्य उपचारका लागि बर्षेनी हजारौंको सङख्यामा नेपालीहरु विदेश जाने गर्दथे र उपचारका नाममा अरबौ रुपैयाँ विदेशीने गर्दथ्यो भन्दै अहिले ती विरामी जाने र अरबौ रकम विदेशीने अवस्थालाई केही हदसम्म नर्भिकले प्रखाल लगाएर रोकेको धारणा राखे । आचार्यले भने ‘बसन्त चौधरी त्यस्ता आर्दश बोकेका ब्यक्ति हुनुहुन्छ । जो अरुलाई सघाउन सदा तत्पर र कटिबद्ध रहनुहुन्छ’ ।
कार्यक्रममा नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिक अस्पताल रहेको कामनपा वडा नं ११ का सर्ब साधारणहरुको स्वास्थ्य उपचारमा २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । नर्भिकले वडा नं ११ मा रहेका सर्बसाधारणहरुलाई जनरल र स्टार्डड वाडमा उक्त छुट प्रदान गरिने बताउँदै निर्देशक सिंहले आउने दिनमा नर्भिकको सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
हस्पिटलले २५ औं वार्षिकोत्सव मनाउने सिलसिलामा आजबाट रजत महोत्सवको सुरुवात गरेको हो । आज स्वास्थ्यवद्र्धक सन्देश सहितको प्रभातफेरी कार्यक्रम, हस्पिटलमा रहेका अन्तरङ्ग विरामीहरुलाई फलफूल वितरण, विशेष पूजा र लगत्तै औपचारीक विशेष समारोह सहित सुरुवाती कार्यक्रमको समापन गरिएको छ । अर्को औपचारीक समारोह यही वैशाख ८ गते शनिबार गर्ने तय भएको छ ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा नर्भिकको झण्डोत्तोलन र नर्भिक गानको प्रस्तुतिकासाथ सगरमाथा आरोही प्रथम महिला पत्रकार समूहलाई आर्थिक सहयोग वापत रु २५ लाखको चेक हस्तान्तरण गरिएको थियोे ।
महिला पत्रकार तथा प्रथम महिला सगरमाथा आरोहण समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई नर्भिककी प्रबन्ध निर्देशक शाक्यले उक्त चेक हस्तान्तरण गरेकी थिइन् ।

समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा आरोहण टोली नेतृ बुद्धाचार्यले आफ्नो आरोहण सफल पार्न हजारौंको हात भएको भएपनि नर्भिकको साथ स्नेह, प्रोत्साहन र आशीर्वाद अवर्णनीय भएको बताइन् ।
पत्रकारितामा कलम चलाउँदै गर्दा सगरमाथा आरोहणको एक झिल्को उत्पत्ति भएतापनि नर्भिकको प्रोत्साहन र आशीर्वाद पश्चात् मात्र उक्त झिल्को ज्वालामा परिणत भएको उनले बताइन् । आरोही महिला पत्रकारको समूह वैशाख ३ गते सोमबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नेछ ।

नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकले यसपूर्व नै सगरमाथाको चुचुरो चुमिसकेका भएता पनि आफ्नो अभियानले भने हालसम्म केवल दुई हिम श्रृङ्खला मात्रै चुमेको उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया