नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको भोलि ३ बजे सपथ ग्रहण
बिजनेसपाटी १९ श्रावण
काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहीबार दिउँसो ३ सपथ लिने भएका छन् । राष्टपतिको कार्यलयले नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि आयोजना गरेको छ।
‘प्रधानमन्त्रीको सपथ ग्रहणबारे जानकारी आएको छ र राष्ट्रपति कार्यालय त्यसको तयारीमा छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने, ‘मन्त्रीहरुका विषयमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन।’ उनले मन्त्रीहरुको सपथ हुने भएमा बिहीबार बिहानसम्म जानकारी आउन सक्ने बताए।

भोलि करिब ६ जना मन्त्रीहरुको सपथ हुनसक्ने सम्भावना छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट तीन-तीन जना गरी छ जना मन्त्रीले भोलि नै सपथ लिने सम्भावना छ। सत्ताका सहयोगी दलहरुका तर्फबाट पनि कुरा मिलेमा थप दुई जना मन्त्रीहरुले भोलि नै सपथ लिनेछन्। प्रधानमन्त्री प्रचण्डले सपथ लिए लगत्तै सहिदपार्क पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने बताईएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया