नवलपरासीको भूमहीमा सिटिजन्स बैंकको शाखा

बिजनेसपाटी २०  भदौ  ।

सिटिजन्स बैंक इन्टरनेसनलले ६१औं शाखा नवलपरासीको भूमहीमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार बैंकका नायब कार्यकारी अधिकृत गणेशराज पोखरेलले गरेका छन् ।

यससँगै बैंकको ६१ वटा शाखा, ५९ वटा एटीएम काउन्टर र ९७ वटा शाखारहित बैकिङ सेवाबाट करिब ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । शाखा उद्घाटनका क्रममा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्थानीय वाकवाणी माध्यामिक विद्यालय सुनवललाई एक थान कम्प्युटर तथा रामनगर बजार विकास समितिलाई १५ थान डस्टबिन उपलब्ध गराएको छ । यसअघि बैंकले आइतबारदेखि पाल्पाको छहरामा ६०औं शाखा सञ्चालनमा ल्याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया