नवलपरासीमा सर्पले डस्दा दम्पत्तिको मृत्यु

नवलपरासी २६ श्रावण

सर्पले डस्दा मंगलबार नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ।  भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ।  घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति उनीहरुलाई सर्पले डसेको थियो। छिमेकीको सहयोगमा उपचारका लागि दुवैलाई बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतक दम्पत्तिको मंगलबार एउटै चितामा दाह संस्कार गरिएको छ। बाबुआमाको मृत्युपछि उनीहरुका दुई छोराको विचल्ली भएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया