नवाज कपको उपाधि सिड्नीको ग्रानभिल राईनोलाई

अरुण गौतम,

सिड्नी अस्ट्रेलिया, ५ अशोज

करिब ४ महिना अगाडिदेखि संचालित नवाज कपको अाईतबार समापन भएको छ सीड्नीको लिड्कमस्थित वाइड पार्कमा नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) द्धारा आयोजित नवाज कपमा १९ फुटबल टिमको सहभागी रहेको थियो। कपको उपाधि फाईनलमा ग्रानभिल राइनोले राईजिङ्ग गोर्खा बिरुद्ध टाइब्रेकरमा हात पारेको थियो। खेलको अन्तिम समय सम्म दुबै टीमको २-२ गोल भयर निर्णय हुन नसकेपछी खेल टाइब्रेकरले निर्णय भयको थियो। प्रतियोगितामा सेन्ट जर्जलाई हराउदै माछापुच्छ्रेले तेस्रो भएको थियो ।khe

प्रतियोगिताको म्यान अफ दी सीरीजमा ग्रानभलिका सुपर गुरुङ ,म्यान अफ दी फाइनलमा ग्रानभिलमा सामुयल श्रेष्ठ,बेष्ट गोलरक्षकमा तम या हाङ ,वेस्ट डिफेन्डरमा सुदिप क्षेत्री ,वेस्ट मिडफील्डरमा सुनिल भण्डारी र राजेश श्रेष्ठले गोल्डेन बुटको उपाधि हात पारेका थिए । प्रतियोगितामा प्रथम हुने टीमलाई नगद डलर १२०० सहित सिल्ड र प्रमाणपत्र दोस्रोलाई डलर ६०० र तेस्रो स्थान हात पार्ने टीमलाई ३ सय ५० डलरको पुरस्कारको राशि थियो। प्रतियोगिताका विजेतालाई एनआरएनएका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल ,नवाजका अध्यक्ष बिनोद शर्मा तथा सल्लाहकार बद्री अर्याल लगायतले नगद तथा ट्र्फी प्रदान गरियको ग्रानभिल राईनोज् का संस्थापक श्री नन्द गरुड़्गले बिजनेसपाटीलाई जानकारी गराउनुभयो। खेलको समापनपछि फुटबलमा आधारित डकुमेन्ट्री “सुनकली” समेत प्रर्दशन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया