नवौं एनआरएन क्षेत्रीय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न (घोषणापत्र सहित )

बिजनेसपाटी १३ भदौ 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को शनिबारदेखि दुई दिनसम्म चलेको नवौं क्षेत्रीय सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गर्दै समाप्त भयको छ। हरेक दुई बर्षमा आयोजना हुने एनआरएनएको क्षेत्रीय सम्मेलनको नवौं संस्करणको उद्घघाटन शनिबार संविधान सभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका थिए ।एनआरएनको संख्याको उल्लेखनिय वृद्विसँगै दुतावास स्थापनातर्फ सम्मेलनले सरकारको ध्यानार्कषण गराएको छ । सम्मेलनले मुलुकको समृद्विका राजनीतिक स्थिरता अपरिहार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दलहरुलाई संवेदनशील रहन घोषणापत्रमा आह्वान गरेको छ ।

‘एनआरएनए भिजन २०२० एण्ड बियोण्ड’ सम्बन्धी घोषणा पत्रमा भूकम्प प्रभावित क्षेत्रमा पीडितहरुका लागि गोरखाको लाप्राकमा निर्माण गरिने नमुना बस्तीका लागि जग्गाको लगायत सरकारी पक्षबाट प्राप्त गरिने कार्य पूरा गर्न माग गरेको छ । संविधान कार्यान्वयनका लागि आग्रह गर्दै एनआरएनएले नागरिकताका विषयमा गैरआवासीयको भावना र मर्मलाई समेट्न नेपाल सरकारलाई आग्रह गरेको छ ।खुला विश्वविद्यालय ऐन पारित भएकोमा खुसी व्यक्त गरेको सम्मेलनले नेपालको उद्योग व्यापारको विकाश विस्तारका लागि सम्बन्धित देशका दुतावासहरुसँग एनआरएनएको समन्वय गर्न पहल गरिने एनआरएनएले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा आईपर्ने आपत विपतमा उद्वारका लागि संघले सरकारको ध्यानाकर्षण गराउँदैं त्यसका लागि संयन्त्र खडा गर्न आह्वान गरेको छ ।

यस्तो रहेको घोषणापत्रको पुर्ण पाठ।

12

 

13

 

फेसबुकबाट तपाईको प्रतिक्रिया