‘नागरिकको स्वास्थ्य सम्बन्धि बिमा सरकारले गर्नुपर्छ’

बिजनेसपाटी १४ जेष्ठ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा कुमारी अर्यालले नागरिकको स्वास्थ्य सम्बन्धि बिमा सरकारले नै गर्नुपर्ने बताए । पाल्पा व्यापार संघको प्रथम अधिबेशनको उद्घाटन गर्दै उनले सो बताएका हुन् । कैयौं नागरिकको स्थिति आफ्नो स्वास्थ्य बिमा आफै गर्नसक्ने अवस्था नभएको भन्दै जनकल्याणकारी राज्य(व्यवस्थाको नमुना स्वरूप उक्त कुरा गर्नलाई क्याबिनेटमा यसलाई छलफलको बिषय बनाइने उनले बताए ।
स्वदेसी औषधि उद्द्योगको महत्वबारे उनले भने “स्वदेशी औषधि उद्द्योगहरुलाई पहिलो प्राथमिकता दिएर देशको आन्तरिक उत्पादनको बढावा, प्रबर्धन र विकास गरि देशको समृद्दिको सपना पुरा गर्नुपर्ने भएको छ । त्यसको लागि स्थानीय स्तरमा कार्यरत औषधि उद्द्योगी(व्यवसायीहरुले आफ्नो उत्पादनलाई बृद्दी गर्न सोहि अनुसारको योजनाका साथ आउन जरुरि छ ।”
सोहि कार्यक्रमका विशिष्ट अथिति तथा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारको समृद्दिको सपना पुरा गर्न नीजि क्षेत्रको मुख्य भूमिका रहने भन्दै स्थानीय उद्द्योगी, व्यवसायीहरुले आफ्नो स्थानीय उत्पादनलाई प्रबर्धन गर्न पाल्पा ब्यापार संघको छातामुनी आएर सामुहिक रुपमा कार्य गर्न आवश्यक रहेको बताए । बिशेष गरि पाल्पाली ढाँका टोपी र पाल्पाली करुवा देशकै लागि महत्वपूर्ण उत्पादन भएको भन्दै यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धन गर्न नेपाल चेम्बर अफ कमर्सले आफ्नो ठाउँबाट शशक्त भूमिका निर्बाह गर्ने कुरा उनले उल्लेख गरे ।
चिरिन्जीबी पोखरेलको अध्यक्षता, मैना गौतमको स्वागत मन्तब्य तथा पर्शुराम पौडेलको संचालनमा सम्पन्न उक्त कार्यक्रममा पुर्व उद्द्योगमन्त्री सोमप्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका कार्य समिति सदस्य टंक पोख्रेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य ठाकुर गैह्रे लगायतले पनि आफ्नो मन्तब्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया