नागरिक लगानी कोषले गर्यो लाभांश घोषणा

बिजनेसपाटी ११ मंसिर

गत आर्थिक बर्षको कमाईबाट नागरिक लगानी कोषले बितरण गर्ने लाभांश घोषणा गरेको छ।  मङ्सिर ८ मा बसेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब गरेको जनाइएको छ। 

सो प्रस्ताब सम्बन्धित निकाय तथा कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। २२ प्रतिशत बोनस शेयर घोषणा पश्चात कम्पनीको चुक्ता पुंजी ९० करोड ३१ लाख पुग्नेछ।

हाल कम्पनीको चुक्ता पुंजी ७४ करोड ०३ लाख छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड २ लाख खुद मुनाफा आर्जन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया