नाडा अटो शो : १९ वटा ब्राण्डका ४ पाङग्रे र २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा ( फोटो फिचर )

काठमाडौं, २७ भदौ  ।

राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट १३औं ‘नाडा अटो शो’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएनको अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुनेगरि अटो शो सुरु भएको हो ।

‘नाडा अटो शो’  विभिन्न छुटको व्यवस्था गरिएको नाडाका काबा अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । उनले भने- ‘यस पटकको नाडा अटो शोमा विद्युतीय सवारी र साढे दुई करोडको जीपले बजारमा नयाँ चर्चा थपेको छ । चार-पाँचवटा कम्पनीले विभिन्न ब्रान्डको विद्युतीय सवारी प्रदर्शनीमा राखेकाले अघिल्ला मेलाभन्दा यसपटकको मेला आकर्षक र ठूलो हुनेछ, ।

मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन्। अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ। यसपटक १ सय ३४ वटा स्टल छन्।

अटोशोको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटो मोबाइल क्षेत्रमा कर बढाएको बताएका छन्।

हेर्नु फोटो फिचर  

फेसबुकबाट तपाईको प्रतिक्रिया