नाडेप लघुवित्तको ४ करोड ८० लाख रुपैयाँ बराबरको आइपिओ आउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_675,h_448/https://businesspati.com/wp-content/uploads/2016/04/ipo.jpg)
काठमाडौँ २० माघ
नाडेप लघुवित्त वित्तीय संस्थाले साधारण सेयर ( आइपिओ ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।
साधारण सेयर जारी गर्नको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा माघ १७ गते निवेदन दर्ता गराएकाे छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीले प्रधान कार्यालय सहित ४३ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया