नाडेप लघुवित्त वित्तीय संस्थाको ४ लाख ८० हजार कित्ता आइपिओ खुल्यो

काठमाडौँ १० आसर

नाडेप लघुवित्त वित्तीय संस्थाले आइपिओ जारी गरेको छ । संस्थाले आज असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गरेको हो ।  एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ संस्थाले बिक्रीमा ल्याएको छ ।

 ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको कम्पनीले निष्काशित कुल आइपिओ मध्ये २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र  २४ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई पनि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।

छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म कम्पनीको आईपीओ निष्कासन बन्द मिति तोकिएकोे छ । लगानीकर्ताले नाडेप लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् ।  मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्ने जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया