नाम मात्रका नेता–कार्यकत्र्तालाई टीकट किन दिने ?

दुर्गाप्रसाद काफ्ले

स्थानीय निकायको चुनाव नजिकिरहेको वेलामा गाँउ–गाउँमा छुट्टै माहोल देखा परिरहेको छ । २० बर्षपछी हुन लागेको स्थानीय निकायको चुनावमाको उमेदवार बन्ला, कसले जित्ला भन्ने आँकलन सूरु हुन थालेका छन् । सामाजिक सञ्जाल देखि शहर बजार गाउँ गाउँमा फरक रौनक देखा परिरहेका छन् । मुख्य त काङगे्रस, एमाले, माओवादी पार्टीमा को–को उठलान् ? कस–कसले टिकट पाउलान् दौडधुप शुरु भइसकेको छ ।
राजनीतिक अस्थीरताले थिलोथिलो भएको हाम्रो देशमा अव स्थानिय निकायको चुनावसँगै विकासको ढोका खुल्ने आशा बढेको छ । राजतन्त्र भएका वेला देशले धेरै भौतिक संरचना गुमायो । धेरै नेपाली जनताले ज्यान गुमाउनु प¥यो । तसर्थ यी सम्पुर्ण कुराको निकासको लागि स्थानीय निकायको चुनाव गराएर देशलाई आर्थिक बिकासको बाटोमा लैजानु पर्दछ । यो नै एक मात्र उत्तम विकल्प हो ।
अब देशलाई विकासप्रेमी नेता चाहिएको छ । स्वच्छ छवीको फराकिलो मन भएको, मिलनसार तथा शिक्षित नेता छान्नु नै नेपालको निकास हो । पार्टीले टीकट आसेपासेलाई नदिएर सक्षम, इमानदार, शिक्षित, योजना भएको युवालाइ अघाडी सार्नुपर्दछ । जनताले पनि आफनो अर्काको पार्टी नभनी सक्षम व्यक्तिलाई भोट दिनु पर्दछ । सक्षम व्यक्तिले मात्र गाउँस्तरको चुनावले विकास तथा निकास दिन सक्दछ । पार्टीमा लागेको धेरै बर्ष भएको नाममा गलत व्यक्तिलाई टीकट नदिइयोस् । टीकट भनेको देशको विकास, छोरा नाती, पनाती र आफनै जिवनकालको उन्नतीसँग जोडिएको अति नै महत्वपूर्ण विषय हो । तसर्थ नेता, कार्यकक्र्ता जनता सम्पुणले चुनावलाई आफनो र सन्ततीको भविष्यसँग जोडेर निर्णय गर्नुपर्दछ । ‘सुशि नेपाली, सम्बृद्ध नेपाल’ जसले बनाउँछ उसलाई भोट दिनुपर्दछ ।

प्रकाशित मिति २०७३-१२-१२

फेसबुकबाट तपाईको प्रतिक्रिया