नायिका आशा भुषाल भन्छिन् ‘कलाकारिता मेरो बाल्यकाल देखिकै सपना’
काठमाण्डौ २६ फागुन ।
चलचित्र क्षेत्रमा लागेपछी एकपछी अर्को फिल्म हात परेन भने अक्सर कलाकारहरु निराश हुन्छन् । कतिपय त यसै कारण डिप्रेसनको सिकार पनि हुने गरेका छन् । तर सिन्धुलीको एउटा ग्रामिण भेगमै जन्मेर पनि यस उद्योगमा संर्घष गरिरहेकी आशा भुषाललाई भने भाग्यले साथ दियो भनौं वा उनकै अथक मिहिनतको प्रतिफल भनांै एकपछी अर्को सफलता र अवसरहरु मिलिरहेको छ । सिन्धुलीमा जन्मेर काठमाण्डौमा हुर्के बढेकी भुषाल बिं सं २०६८ सालदेखि कला क्षेत्रमा छिन् । र, उनलाई एकपछी अर्को फिल्मको अवसर आइरहेकै छ, त्यो पनि नायिकाको भुमिकामा ।
नायक वा नायिकाको भुमिका पाउनु सानो कुरा होइन् । एउटा फिल्ममा सयौ कलाकारको भुमिका हुने गर्छ । त्यसमध्ये नायक र नायिकाको भुमिका प्रधान हुन्छ । उनीहरु नै आर्कषणको केन्द्र बन्छन् । करोड वरपर वा त्यो भन्दा बढी लगानीमा बन्ने फिल्महरुमा नायक नायिकाले राम्रो काम गर्न सकेनन् भने पक्कै पनि फिल्म फल्प हुन्छ । लगानी डुब्छ । त्यसैले पनि निर्मार्ता निर्देशकले सम्भावना बोकेका र हरेक दृष्टिले फिट एण्ड फाइन कलाकारलाई नायक नायिका बनाएको हुन्छ । र, पनि बजारमा बिक्न ग्राहो हुन्छ । यस्ता चुनौतीहरुलाई सजिलै पन्छ्याएर निरन्तर सफलताको सिँढीमा चढिरेहकी नायिका हुन् आशा भुषाल ।
उनमा सुन्दरता छ, ट्ल्यालेन्सी छ, अनि प्रफेक्ट कलाकारिता छ । जसले गर्दा उनी यस क्षेत्रमा जमिरहेकी छिन् । परिवारको पनि उनलाई दरिलो साथ रहेको छ ।
धेरै नायिकाहरु फिल्म नगरीमा मोडलीङको सिँढी चढ्दै आएका हुन्छन् । तर आशा भुषाल भने एकैपटक नायिकाको रुपमा उदाएकी हुन् । उनलाई सुन्दरता, कलाकारिता र संयमशिलताले गर्दा नै निर्देशक, निर्माताहरुले एकपछी अर्को फिल्म दिइरहेका छन् । नृत्यमा सानैदेखि अब्बल भुषाल ‘दुस्मनी’ नामको फिल्मबाट अभिनेत्रीको रुपमा कला नगरीमा उदाएकी हुन् । त्यस फिल्ममा उनले नायक धिरेन शाक्य, रमित ढुङगााना लगायतसँग काम गरेकी थिइन् ।
फिल्म क्षेत्रमा आइसकेपछी दिपक क्षेत्री, विरेन्द्र हमाल, विशालशाह, मनिशा राई लगायतसँग कलाकारिता सम्बन्धी तालिम समेत लिएकी उनले थुपै्र फिल्ममा काम गरीसकेकी छिन् । उनले गरेका सबैै फिल्महरु हिट भएका छन् । त्यसपछी उनको फिल्म ‘सुनपानी’ ले भने बजार राम्रैसँग ततायो । जातिय विभेद विरुद्धको सो फिल्मबाट उनी सफल नायिकाको रुपमा परिचय बनाइन्् । उनले नायिकाको रुपमा अभिनय गरेको सो फिल्म ओस्कार अर्वाडको लागिपनि छनौटमा परेको थियो । त्यस फिल्मम नविन तिमल्सिन नायकको रुपमा थिए भने फिल्मको निर्देशक शविन बास्तोला थिए । निर्माता चेतराजा थिए । मिहिनतको जगमा नदीझै निरन्तर लागि रहने स्वभाव भएकी भुषाले अन्य धेरै फिल्महरु गरिसकेकी छिन् । त्यसमध्येको उनी अभिनित फिल्महरु हुन् ‘ववाल’, ‘अभिजालो’ । बहुमुखी प्रतिभाकी धनी उनले भोजपुरी फिल्महरुमा पनि अभिनय गरेकी छिन् जस मध्ये ‘हमतो दिवाना हो गया’ र ‘अभि रोभा पनाचली ’आदिमा पनि अभिनय गरी सकेकी छिन् । अहिले भने उनले नयाँ फिल्म ‘झिंगेदाउ’को सुटिङ सकेर डब्बीङको क्रममा छिन् । उनको सो फिल्मपोष्ट प्रोडक्सनमा काम भइरहेको छ । कलाकारितामा सानै उमेरमा स्थापित यि नायिका मिडियामा त्यति देखा पर्दिनन् । काममा नै बढी ब्यस्त भएकोले उनी आफु मिडियामा धेरै आउन नसकेको बताउँछिन् । उनले आफनो कलाकारिता जिवनमा थुप्रै राष्ट्रिय स्तरका सम्मान तथा पुस्कार पाइसकेकी छिन् । त्यतिमात्रै होइन उनी हिजो आज कलाकारितामा नयाँ आउन चाहनेहरुका लागि प्रशिक्षण तथा जर्जमेन्टमा पनि ब्यस्त रहन गरेकी छिन् । उनी कलाकारीता क्षेत्रका बिभिन्न संघ सस्थाहरुमा पनी आबद्ध रही नेपाली चलचित्र क्षेत्रको बिकाश र उन्नतीका निमित्त आफ्नो तर्फबाट ठुलो योगदान पु¥याई रहेकी छिन् । भुषालले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानका कारणले गर्दा नेपाली चलचित्र क्षेत्रमा उनको नामै काफी छ । उनले अभिनय गरेका नेपाली चलचित्रहरुले नेपाली बक्सअफिसमा रामै्र कलेक्सन गरी नेपाली चलचित्र जगतलाई र नेपाली चलचित्रकर्मीहरुलाई उनका चलचित्रहरुका सफलताका कारण नेपाली चलचित्र कर्मिहरुलाई ठुलो हौसला प्रदान भएको छ । उनले अभिनय गरेका चलचित्र हरुले नेपाली भलचित्र जगतमा राम्रै छाप छोड्न सफल भएका छन्
अभिनयमा परिवारको दरो साथ पाएकी नायिका भुषाल आगामी दिनहरुमा अझै राम्रो गर्दै जाने बताउँछिन् । अन्त्यमा आफनो आउँदै गरेको नयाँ चलचित्रबारे उनी भन्छिन् ‘झिगेदाउमा मैले विगतको भन्दा अझै बढी मिहनत र परिस्कृत अभिनय गरेको छु । सो फिल्मलाई मायागरिदिन अनुरोध गर्छु’ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया