नायिका रेखा थापाले पार्टी बदलिन्

काठमाडौं २४ श्रावण

राप्रपा पार्टीमा रहेकी चर्चित नायिका रेखा थापाले पार्टी बदलेकी छिन् । उनि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)मा प्रवेश गरेकी छिन ।  राप्रपाको केन्द्रीय सदस्यको रुपमाले  थापाले निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् ।

राप्रपा प्रजातान्त्रिक निकट स्रोतका अनुसार निर्वाचन आयोगमा हालसम्म ७० जनाको हाराहारीका  सांसदसहितका केन्द्रीय सदस्यले आफ्नो नाम सखनाखत गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया