नारायणकाजीको फोन आउनासाथ देउवा फरर

काठमाडौं ८ भदौ

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले मोबाइल घण्टी बज्नासाथ यसो डिस्प्लेमा हेरे र रिसिभ गरे, हेलो, को हो ? के हो ? नमस्कार ! सञ्चो बिसञ्चो, किन फोन गरेको ?

केही सोधेनन् बरु फटाफट भन्न थाले, ‘तिमीलाई शिक्षा मन्त्रालय चाहिएको होइन ? मैले थाहा पाइसकें । मलाई गाह्रो छ क्या, कुरा कुझ, विमलेन्द्रलाई आउन देऊ न !’

फोन गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले यही शैलीमा देउवाबाट जवाफ पाएको त्यो पाँचौं पटक थियो । काजीले फोनमा केही भन्न नपाउँदै देउवा उही वाक्य दोहोर्याउन थाले । हुन नि प्रभण्डले सपथ लिएकै दिन शिक्षा मन्त्रालय माओवादीलाई र स्वास्थ्य मन्त्रालय कांग्रेसलाई दिने सल्लाह भएको थियो । कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, रमेश लेखक, माओवादीका प्रचण्ड, नारायणकाजी र महरा बसेर यस्तो सहमति बनाएका हुन् ।

अघिल्लो क्याबिनेटमा माओवादीका तर्फबाट गिरिराजमणी पोखरेलल शिक्षा मनत्रालय पाएका थिए । उनलाई दोहोर्याउन नमिलेपछि माओवादीमै नारायणकाजी निकट रहेको डिहार पौडेललाई उक्त मनत्रालय दिने गरी कुरा मिलाइएको हो ।

तर, कांग्रेसले शिक्षा लिने इच्छा देखाएपछि अहिले सपथ खाएर पनि उनले कुनै मन्त्रालय पाएका छैनन् । डिहार पेण्डुलम भएर बसिरहेको अवस्थामा उनैलाई शिक्षा मन्त्रालय दिने सहमति कांग्रेसबाट आओस् भन्ने इच्छा जाहेर हुन्छ कि भन्ने बुझाईको आधारमा हताहतार देउवाले त्यसरी फोनमा जवाफ दिन थालेका हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया