नार्कोसी डटकमको नयाँ उत्पादन सार्वजनिक

अस्ट्रेलिया १७ चैत्र ।
इन्टरनेटमा पहुँच भएका विश्वभरिका एक करोड नेपाली भाषीलाई सहयोग पुग्ने हेतुले नार्कोसी डटकमले नयाँ उत्पादन सार्वजनिक गरेको छ ।
नेपाली भाषाका श्रब्यदृश्य सामग्रीहरु सजिलै हेर्न सकिने प्रबिधि नार्कोसीले तयार गरिएको हो । ती सामग्रीहरु http://www.narkosi.com/videos लिन्कमा गएर भिडियोहरु हेर्न सकिने जनाइएको छ । नेपाली भाषाका रेडियोहरु यसअघि नार्कोसी डटकममा सुन्न सकिने ब्यबस्था भैसकेको छ ।

सूचना प्रबिधिमा खोज तथा उत्पादन गर्ने संस्था बुनेशा इन्टरनेसनलद्वारा संचालित नर्कोसी डटकमले आफ्नो स्थापनाको दोश्रो वर्ष सुरु हुँदा निकै महत्वपूर्ण कामहरु गरेको कम्पनीको दाबि छ । खासगरी नेपाली भाषाको अनलाइन पत्रकारिताको प्रबर्दन गर्न यो वर्ष देखि नेपालको प्रेस काउन्सिलसँग अनलाइन क्लिपिंगका लागि सहकार्य सुरु भएको छ ।
इन्टरनेटका प्रयोगकर्ता नेपाली भाषीलार्इ नेपाली भाषाका भिडियो सामग्रीहरु सजिलै उपलब्ध गराउनु कम्पनीले लक्ष रहेको बताएको छ ।

युट्युबमा अपलोड भएको कुनैपनि नेपाली भिडियोलार्इ नार्कोसी डटकमले आफ्ना उपभोक्ताहरुको सेवाका लागि दश मिनेटभन्दा पनि कम समयमा उपलब्ध गराउने गर्दछ । हालसम्म नार्कोसी डटकमको संग्रहमा ६० हजारभन्दा बढी नेपाली भाषाका भिडियोहरु संकलित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया