निजगढमा सुट गरिएको पलाँसको टिजर रिलिज (भिडियो सहित )

अरुण गौतम,सिड्नी ३१ जुलाई
रेखा थापा र कामेश्वर चौरसिया अभिनित फिल्म ‘पलाँस’ को टिजर सार्वजनिक भएको छ । टिजरमा रेखा र कामेश्वरसँगै अर्का नायक आयुव केसी पनि देखिएका छन् । कृषा चौलागाईंको निर्माणमा सुवास कोइराला निर्देशित फिल्म ‘पलाँस’ को टिजर आकर्षक लाग्छ ।
तराईका बिभिन्न जिल्लाहरुका साथै बिशेष गरी निजगढ नगरपालिकाको मोहोरीको मनोरम दृश्य,गोलघर,निजगढ बजार शहिदचोक तथा निजगढकै बिभिन्न स्थानहरुमा पलाँसको छायाँकन गरियको छ। कथा सस्पेन्स भनिएपनि ‘पलाँस’ को टिजरले तराई क्षेत्रमा हुने विविध अवैध धन्दालाई ईंगित गरेको देख्न पाईन्छ।
नौलो कथा बस्तु साथै रेखा र कामेश्वरको पहिलो क्यामेस्ट्रीले ‘पलाँस’ मा खास केही छ भन्ने अड्कल काटिएको छ ।
फिल्मको रिलिज भने दिवालीमा हुने तय भयको छ। उक्त टिजर हामिले यो लिँकमा हेर्न सक्छौँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया