निजगढ नगरअधिवेशन उद्घाटन गर्दै ओलीले भने “-सरकारले जनता अल्मलाईरहेको छ”

महेश्वर अधिकारी,

निजगढ, ११ मंसिर ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पहिचानको रटान लगाएर जनतालाई अल्मल्याउने काम गरिरहेको आरोप लगाउनु भएको छ । नेकपा एमाले निजगढ नगर कमिटिको प्रथम नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रमको डम्फु बजाईरहेको समेत बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको सरकार नढलेको भए फास्ट ट्रयाकमा अहिले डोजर चलिरहेको हुने दाबी गर्नुभयो । उग्रबामपन्थी, दक्षिणपन्थी काग्रेस र ईलाकबादी मधेसबादी दललाई ठाउको ठोक्काएर कसले मित लगाई दियो भन्दै प्रश्न गर्नुभएका पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकार विदेशीको स्वार्थमा ढालिएको संकेत गर्नुभयो ।
ओलीले सरकारले आफै निर्माण गर्न १० अर्व रुपैँया छुट्टाएपनि काम अघि बढ्न नसकेको बताउँदै अध्यक्ष ओलीले फास्ट ट्रयाक बन्न नदिन विदेशीसंग मिलेर केहि भ्रष्ट तत्व लागेको समेत आरोप लगाउनुभयो । ओलीले मधेसका मसियाहरुले किन यस्ता आयोजनाका विषयमा कुरा उठाउँदैनन् भन्दै प्रश्न गर्नुभएको थियो ।
निजगढ नगर कमिटिको तर्फबाट अध्यक्ष ओलीलाई सम्मान गरिएको छ । नगर अध्यक्ष दिलबहादुर लामाले अध्यक्ष ओलीले सम्मानपत्र प्रदान गरेका थिए । अधिवेशनलाई एमाले नेता मुकुन्द न्यौपाने लगायतले सम्बोधन गरेका थिए । यसैविच नगर अधिवेशको बन्दसत्र  आज नै सुरु हुने एमाले बारा जिल्ला कमिटी सदस्य नारायणप्रसाद गौतमले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया