निप्पोन स्टीलद्वारा यूएस स्टीलमा लगानी गर्ने ‘साहसिक प्रस्ताव’

काठमाडौं २८ माघ २०९१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निप्पोन स्टिलले अमेरिकी स्टिलमा अल्पसङ्ख्यक सेयर लिन दिने सङ्केत गरेपछि जापान सरकारका उच्च प्रवक्ताले अमेरिकी स्टिलमा लगानी गर्ने प्रयासमा ‘साहसिक प्रस्ताव’ प्रस्तुत गर्ने बताएका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै गत महिना पद छोड्नुभन्दा केही समयअघि १४ अर्ब ९० करोड अमेरिकी डलरको सम्झौता रोकेका थिए । शुक्रबार ह्वाइट हाउसमा इशिबालाई भेटेका ट्रम्पले ती कम्पनीहरूले ‘खरिदभन्दा पनि लगानीतर्फ सोच्न’ आग्रह गरेका थिए ।
सन् २०२४ को राष्ट्रपतीय निर्बाचन अभियानका क्रममा अधिग्रहण प्रस्तावको चर्को आलोचना गरेका राष्ट्रपति ट्रम्पले आइतबार कम्पनीमा ‘लगानी’ गर्न अनुमति दिने बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया