नियोलाइट जनरल इन्सुरेन्स कम्पनी छिट्टै आउँदै
काठमाडौं २५, असार २०७८ ।
मध्यमवर्गीय र नयाँ व्यापारिक घरानालाई समेटेर निर्जीवन बीमाको क्षेत्रमा नियोलाइट जनरल इन्सुरेन्स कम्पनीको दर्ता प्रक्रिया कम्पनी रजिस्टर कार्यालयबाट पूरा भएको छ । लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय विमा विज्ञ विक्रान्त पाण्डेको अग्रस्तरमा नियोलाइट जनरल इन्सुरेन्स कम्पनीको दर्ता प्रक्रिया सकेर स्वीकृति लिनको लागि बीमा समिति जाने तयारी भएको छ । कम्पनीलाई आवश्यक पर्ने पुँजी राखेर अगाडि बढिसकेकोले छिटै समितिबाट स्वीकृति पाउने पाण्डेले बताए । राष्ट्रव्यापी रूपमा घुम्ती बीमा सञ्चालन गरी सबैका लागि बीमा सम्भव पार्ने उद्देश्य सहित नयाँ बीमा कम्पनी खोल्न लागिएको पाण्डेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया