निर्जीवन बिमा कम्पनी खुल्दै

काठमाडौँ १३ पौष

बिमा समितिबाट व्यवसाय सञ्चालनको लागि आशयपत्र प्राप्त गरेका नयाँ निर्जीवन बिमा कम्पनीले तोकेको अवधिभित्रै पुँजी कायम गरेका छन् । सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले समितिले तोकेका शर्त पूरा गरी बिमक दर्ता इजाजतपत्रको माग गर्दै समिति पुगेका हुन् ।कम्पनीहरूले गत असोज ८ गते समितिबाट व्यवसाय सञ्चालनको लागि आशयपत्र प्राप्त गरेका थिए ।अाजकाे काराेबारमा खबर छापिएकाे छ।
बिमक दर्ता इजाजतपत्रको लागि समितिले कम्पनीहरूलाई तीनवटा शर्त पूरा गर्न तीन महिनाको अवधि दिएको थियो । कम्पनीहरूले तोकिएको अवधिमा १ अर्ब पुँजीमध्ये संस्थापकले ७० प्रतिशतका दरले हुन आउने ७० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने थियो ।

त्यस्तै उक्त रकमध्ये भविष्यमा आइपर्ने जोखिम बेहोर्नका लागि ५५ करोड रुपैयाँ ‘क’ श्रेणीको वित्तीय संस्थाको मुद्दती खातामा जम्मा गरी समितिको नाममा एयरमार्क गरी पेश गर्नुपर्ने शर्त राखेको थियो । साथै, बाँकी १५ करोड रुपैयाँ कम्पनीको कार्य सञ्चालन खर्चबापत बैंक खातामा राखी सोको स्टेटमेन्ट समितिमा पेश गर्नुपर्ने थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया