निर्देशक देबेन्द्र र मोडेल रमनको राजधानी फिल्मस् सफलताको बाटोमा

बिजनेसपाटी २० श्रावण
एक बर्ष अघि मात्र सञ्चालनमा आएको राजधानी फिल्मस्ले यतिवेला सांगीतक बजारमा राम्रै सफलता पाउँन थालेको छ । चर्चित भिडियो निर्देशक तथा डान्स मास्र्टस देबेन्द्र कुँवर र मोडल रमन पहाडीले संयुक्क्त रुपमा सञ्चालनमा ल्याएको राजधानी फिल्मस्ले एक बर्षकै दौरानमा दर्जनौ अडियो–भिडियो निर्माण एवं बजारीकरणका साथै देश तथा विदेशमा स्टेज प्रोग्रामहरु गराउँन सफल भएको छ । हजारांै संगीतप्रेमी दर्शक तथा श्रोताहरुको चाहना बमोजिमको सिर्जना पस्कने कार्यमा राजधानी फिल्मस् अब्बल देखिन थालेको छ ।
बागबजारमा रहेको यस फिल्मस्ले दर्शकको चाहाना अनुसारको अडियो तथा भिडियो निर्माण, फिल्मस निर्माण तथा देश–विदेशमा स्टेज प्रोग्रामहरु सञ्चालन, विभिन्न प्रकारका नृत्य तालिम प्रदान गर्ने गरेको र त्यसमा परिस्थिती र समय अनुसारको स्वाद चखाउने सञ्चालक देबेन्द्र कुँवर बताउँछन ।

 

 

 

 

 

 

 

 

 

चर्चित कोरीयो ग्राफर समेत रहेका कुवरले नै सञ्चालन गरेको अर्को संस्था राजधानी डान्स् सेन्टरले पनि सयौं सङख्यामा राष्ट्रिय रुपमै चर्चित कलाकार उत्पादन गरिरहेको छ । चर्चित नायक तथा नायिका समुन सिंह, सुस्मा कार्की, प्रदीप खड्का, युना उप्रेती लगायत धेरैले कलाकारहरुले कुँवरको डान्स सेन्टरबाट सेवा लिएका छन् । राजधानी फिल्मस्बाट तीजका धेरै नै गितहरु आउने क्रममा रहेको समेत सञ्चालक कूँवरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया