निर्देशनलगत्तै नक्कली चिकित्सक कारबाहीमा
काठमाडौं ३१ श्रावण
प्रधानमन्त्री प्रचण्डले सहयोगीलाई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने । निर्देशन लगत्तै सहयोगील उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए । ‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो ?’ प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई पनि केही चिकित्सक काममा फर्किएको सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन नहुनुको कारण देखाए ।
लगत्तै प्रचण्डले फोनबाटै निर्देशन दिए, ‘उनीहरुलाई काम गर्न नदिनु, तत्काल काउन्सिलको बैठक राखेर निलम्बन गर्नू ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया