निर्बाचन आयोगले गर्यो ११ दल खारेज, ८२ दललाई कार्वाही (सुचिसहित)
काठमाडौँ ८ अशोज
निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा स्पष्टीकरण पेस नगर्ने ११ राजनीतिक दलको दर्ता खारेज गरेको छ । खारेज भएका दलहरुको नाम, निर्वाचन चिन्ह र झण्डा एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिज समेत गरिएको छ । त्यस्तै आयोग समक्ष प्रतिवेदन पेस नगर्ने ८२ दललाई आयोगले एक सय रुपैयाँ जरिवाना गरिएको छ। ती दललाई निर्धारित ढाँचा र समयभित्रै प्रतिवेदन पेस गर्न समेत भनिएको छ । ति दललाई आयोगले ३५ दिनभित्र विवरण बुझाउन आग्रह गरेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम समयमा आयव्यय बुझाउन सूचित गर्दा पनि चित्तबुझ्दो जवाफ पेश नगरेकाले दलहरूलाई एक सय रुपैंया जरीवाना गरिएको आयोगले बताएको छ।
यी हुन् कारबाहीमा परेका ८२ दलहरु
यी हुन् खारेज भएका ११ दल
फेसबुकबाट तपाईको प्रतिक्रिया