निर्माण व्यवसायलाई सरकारले ठुलो उद्योगको रुपमा ब्यवहार गरेन : सीई ग्रुपका अध्यक्ष राजभण्डारीको अन्तर्वार्ता

 विजय राजभण्डारीअध्यक्ष , सीई ग्रुप
काठमाण्डौको बसन्तपुरमा बिस २०१६ सालमा जन्मिएका बिजय राजभण्डारी पठाइ र पेसाले इन्जिनियर हुन् । प्लसटुमा विज्ञान विषय पढेका उनले भारतको जवलपुर विश्वविधालयबाट सिभिल इन्जिनियरीङ गरे । उनले पुल्चोक इन्जिनियरीङ कलेजमा लेक्चरको रुपमा केही समय काम गरे । राजभण्डारी पछी अमेरिका गए । त्यहाँ पनि एउटा कम्पनीको कन्ट्रक्सन म्यानेजरको रुपमा काम गरे । निर्माण क्षेत्रका विषयमा धेरै कुरा सिकेपछि उनी फेरी नेपाल फर्किए र सन् १९९२ मा खोले सिइ कस्ट्रक्सन । सुरुमा ६ जना मिलेर ५०–५० हजार गरेर ३ लाख रुपैया जम्मा गरी स्थापना भएको यो कम्पनी अहिले दैनिक करोडौंको कारोबार गर्छ । ३१ बर्ष अघि स्थापना भएको सिइ कन्ट्रक्सन अहिले काठमाण्डौको मुख्य क्षेत्र त्रिपुरेश्वरमा आफनै भवनमा छ । नेपाली निर्माण क्षेत्र, हाउजिङ र जलविधुत क्षेत्रमा एक टे«न्ड सेक्टर कम्पनीको रुपमा सिइ कन्ट्रक्सन परिचित छ । जसको नेतृत्व गरिरहेका छन् उनै बिजय राजभण्डारी ।
उनीसँग निर्माण ब्यवसायीको अवस्था र समस्याहरुको बारे गरिएको कुराकानीको सम्पादित अंशहरु ।
१) निर्माण ब्यवसायको अहिले अवस्था कस्तो छ ?
निर्माण व्यवसाय अहिले कठिन परिस्थीतिसँग गुज्रिरहेको छ । विश्वव्यापी रुपमा आएको मन्दीको कारणले हाम्रो ब्यवसायमा पनि गम्भिर असर परेको छ । भइरहेको काम पनि स्रोतको अभावका कारणले निकै गाहो छ । नयाँ कामहरु जुन रुपमा आउनुपथ्र्यो वितको दाँजोमा आउन सकेको छैन । काम गर्न क्रेडिट लिमिटले गर्दा पनि समस्या छ । मन्दी आएको कारणले ब्यापारमा पनि समस्या छ । तरलता पनि निकै कम छ । हाम्रो अहिले कारोबार पनि पहिलेको तुलनामा निकै कम छ । यद्यपी समयभित्र गुणस्तरीय कार्यका लागि सिइ कस्टक्सन आफनो क्षेत्रमा अब्बल छ । धेरै निर्माण व्यवसायी नयाँ काम पाउनका लागि बजारमा प्रतिस्पर्धा गर्दै गर्दा सिइ गु्रपलाई भने काम भ्याइनभ्याइ छ । बंैकले कर्जा दिएन भनेर अरु व्यवसायी छटपटाइ रहँदा सिइ गु्रपलाई बैकले बोलाएर कर्जा दिन्छन् । नेपाली कन्ट्राक्टरले पनि गुणस्तरीय काम दिन सक्छ र समयमै सम्पन्न गर्न सक्छ भन्ने सन्देश दिन हामी सफल छौ । सिइ कन्ट्रक्सनले विदेशबाट नयाँ प्रविधि भित्रायो । अहिले धेरैले हाम्रो अनुसरण पनि गरेका छन ।
२) काम सम्पन्न भइसकेपछि पनि भुक्तानीमा समया आएको छ कि छैन ?
हिजोका दिनमा काम सम्पन्न भइसकेपछि भुक्तानीमा प्राय समस्या हुदैनथ्यो । तर अहिले आर्थिक मन्दीको कारण तथा विभिन्न कारणले काम सम्पन्न भएपछि पनि भुक्तानीमा समस्या आएको छ । बजार सहज भएपछि भुक्तानीमा सहज होला । विस्तारै अर्थतन्त्र सुधारको दिशमा जाँदैछ । दशैंसम्ममा अलिक सहज होला कि भन्ने ठानेको छु ।
३) सार्वजनिक खरिद ऐनले निर्माण ब्यवसायीहरुलाई कुनै समस्या पारेको छ ?
हामी नीजि क्षेत्रका अब्बल कन्ट्रयाक्टर हौं । सार्वजनिक खरिद ऐनले हामीलाई छुदैन । सरकारी कन्ट्रयाक्टरलाई भने सार्वजनिक खरिद ऐनले प्रभाव पार्ने हो । हामी निजी क्षेत्रका कामहरु सम्पन्न गछौ । नीजि क्षेत्रले हाम्रो काम हेरर अवसर दिने ह्ुन् । सरकारका निर्माण कार्यहरुमा सार्बजनिक खरिद ऐन लागु हुन्छ । सरकारले आफनो कार्य सम्पादनका लागि आवश्यक पर्ने चीजि बस्तु खरिद गर्ने कार्यलाई सार्वजनिक खरिद भन्ने बुझिन्छ । ब्यापक अर्थमा भन्दा सरकारले मुख्यतया गर्ने कार्य शान्ति सुरक्षा र अमनचयन, सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य प्रमुख रहेका छन् । उक्त कार्यहरु गर्नका लािग विभिन्न मालसमान प्राप्त गर्ने, परामर्श सेवा तथा अन्य सेवा लिने र निमार्ण कार्य गराउनु पर्ने हुन्छ । उक्त कार्यका लागि गरिने खरिद कार्यलाई नै सार्वजनिक खरिद भनिन्छ । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली प्रमुख रहेका छन् ।
४) नीजिका निर्माण व्यवसायीले रोजगारीको क्षेत्रमा कस्तो भुमिका खेलेको छ ?
देशमै रोजगारीको क्षेत्रमा, अर्थतन्त्रको क्षेत्रमा महत्वपुर्ण भुमिका नीजि क्षेत्रले खेलेको छ । दशेकै अर्थतन्त्रमा ८० प्रतिशत भन्दा माथी नीजि क्षेत्रको भुमिका रहेको छ भने निर्माण ब्यवसायीको अर्थतन्त्रमा २५ देखि ३० प्रतिशत रहेको अनुमान छ । निर्माण व्यवसाय एउटा ठुलो उद्योग हो । तर सरकारले यसलाई ठुलो उद्योगको रुपमा ब्यवहार गर्न सकेको छैन । कतिपय अवस्थामा सरकारले नै निर्माण ब्यवसायीलाई अप्ठेरो पारेको देखिन्छ । काम सम्पन्न भएपछि पनि सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेको छैन । त्यसकारण पटक पटक निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रन परेको छ । केही समय अघि पनि निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । सरकारले आश्वासन बाहेक अरु केही दिन सकेको छैन ।

No description available.

५)निर्माण व्यवसायमा मजदुर तथा युनियनका केही समस्या छन ?
हामीलाई युनियनको समस्या भन्दा पनि युनियनले हामीलाई साथ दिएको छ । किनभने हामी पनि वर्कर हो, रोजगारदाता हो भनेर कम्पनी खडा गरेका हौ । मजदुर र हामीबीच, हामी र युनियनबीच राम्रो सम्बन्ध छ । हामी आफैलाई मजदुरको पिडा थाहा छ । हामीलाई गाह«ो अवस्था आउँदा उहाँहरुलाई सम्झाउन,े बुझाउने गर्छौ । अन्य ठाउँमा मजदुरले पाएको सुविधामा हामीले कन्जुस्याई गरेका छैनौ । हामीले पटक पटक युनियनहरुसँग बसेर विभिन्न समझदारी गर्दै आएका छौ । हामीले धेरै राम्रो काम गरेका छौ जस्तो लाग्छ ।
६) नीतिगत तहमा सरकारको तर्फबाट केही अप्ठेराहरु भएका छन् ?

निर्माण व्यवसायलाई विकासको मेरुदण्ड भनिएको छ । यो एउटा ब्यवसाय मात्रै नभएर ठुलो उद्योग हो । यसले रोजगारी सिर्जना गर्छ । सरकारको राजश्व अभिबृद्धिमा महत्पुर्ण भुमिका खेल्छ । आर्थिक बृद्धिदरमा समेत महत्वपुर्ण योगदान पुर्याउँछ । सरकारले निर्माण ब्यवसायीहरुलाई सहजीकरण गरिदिनुपर्छ । निर्माण ब्यवसायलाई मैत्री निती बनाउन सरकारको सफ्ट कन्र्नर आवश्यक छ । कामको सिजन अगाडी अर्थात श्रावणमा नै ठेक्का आवहन सरकारले गर्नुपर्छ । भाद्रण्देखि परिचालन गर्नुपर्छ । मुख्य काम गर्न समय लाग्छ । त्यसलाई सरकारले ध्यान दिन सक्नुपर्छ । प्रोजेक्ट कष्ट घटाउन विशेष ध्यान दिनु अपरिहार्य छ । जस्तो बाटो निर्माण गर्न जग्गा अधिकरण गर्नु छ भने समयमै जग्गा धनिलाई मुआब्जा दिएर ट्रर्याक खोल्नु पर्छ । यदी त्यो काममा ढिलाइ भए प्रोजेक्ट कष्ट बढ्न थाल्छ । यस्ता कुरामा सरकारले बेलैमा आफुले लिएको नीतिलाई कार्यान्वयन गराउन सक्नुपर्छ ।

७) अन्त्यमा, यहाँहरुको समस्यालाई बुँदागत रुपमा बुझने गरी बताइदिनुहोस न ?
निर्माण ब्यवसायिको मुख्य समस्या क्यास फ्लो हो । यसले सबै मागको श्रींङखला (होल सप्लाई चेन ) लाई अप्ठेरो पारेको छ । ग्लोबल इकोनोमिले पनि हाम्रो मनोबल खस्केको छ । जुन लागतमा काम हुदैन त्यो राखिनु हुदैन । जुनसुकै सरकार आए पनि कमन ऐजेण्डमा एकरुपता हुनुपर्छ । सबै राजनीतिक दलहरु बिकास र सम्बृद्धिमा पुर्वाग्रही हुनुह्दैन । मानि लिउँ कुनै सरकारले १० हजार मेगावाट विजुली निकाल्ने योजना बनायो भने पछिल्लो सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्छ ।

प्रकासित मिति २०८०–५–२१

फेसबुकबाट तपाईको प्रतिक्रिया