निर्वाचन जबरजस्ती गर्न खोजेमा संघीयता धरापमा पर्ने चेतावनी- अध्यक्ष यादव

काठमाडौँ १५ फागुन

विर्तामोड -संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताएका छन्। ‘सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,’ संघीय प्रेस फोरमले आइतबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाउनुभयो ।’  अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन जबरजस्ती गर्न खोजेमा संघीयता धरापमा पर्ने चेतावनी दिए। ‘स्थानीय तहको चुनाव हुन्छ’ भनेर सरकारले जनतामा भ्रम फैलाएको उनको आरोप छ। प्रधामन्त्री पुष्पकमल दाहालले सरकार गठनका बेला मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै उनले सहमति कार्यान्वयनमा चासो नदेखाइएका कारण सरकारलाई मोर्चाले दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइएको बताए। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया